जाँदाजाँदै गभर्नर अधिकारीले भने– मेरै कार्यकालमा राष्ट्र बैंकको नेतृत्वमाथि प्रहार भयो
काठमाडौँ । गभर्नर महाप्रसाद अधिकारले आफ्नो कार्यकालको दोस्रो वर्ष पुग्दा नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि प्रहार भएको बताएका छन् ।
शुक्रवार आफ्नो कार्यकालमा भएका प्रमुख कार्य तथा उपलब्धिहरू सार्वजनिक गर्दै उनले नेतृत्वमाथि नै गरिएको प्रहारले केन्द्रीय बैंकको स्वायत्ततामाथि नै ठाडो हस्तक्षेप भएको बताएका हुन् । जस्तोसुकै असहज परिस्थिति भएपनि सम्बन्धित चुनौतीहरू सामना गर्न सबैको सद्भाव रहेका कारण विगत ५ वर्ष आफ्नो सन्तुष्टिका वर्षहरू रहेको गभर्नर अधिकारीले बताए ।
उनले राष्ट्र बैंकको इतिहासमा महत्त्वपूर्ण इट्टाहरू थपिएको महसुस भएको समेत बताए ।
उनले भने, ‘कार्यकालको दोस्रो वर्ष पुग्दा नेपाल राष्ट्र बैंकको नेतृत्वमाथि प्रहार भई केन्द्रीय बैंकको स्वायत्ततामाथि ठाडो हस्तक्षेप अवस्था रह्यो । केन्द्रीय बैंक सञ्चालनको विश्वव्यापी मान्यता अनुरुप यस बैंकको स्वायत्ततालाई अक्षुण्ण राखी दिनुहुने हुने सर्वोच्च अदालत, न्यायाधीश, अधिवक्ता, समस्त न्यायप्रणाली प्रति कृतज्ञता गर्दछु । यसका साथै नेपाल राष्ट्र बैंकमाथि गरिएका हस्तक्षेपका विरुद्धमा अर्थशास्त्री, लब्धप्रतिष्ठित व्यक्ती, संचारकर्मीहरुबाट जुन किसमको खबरदारी भयो त्यो ज्यादै नै अविष्मरणीय भयो ।’
उनले आफूले कार्यकाल सम्हाल्दै गर्दा कोभिडका कारण विश्व अर्थतन्त्र संकुचनमा फसेको बताउँदै महामारी पुनरुत्थान नहुँदै रुस युक्रेनको तनावका कारण उच्च मूल्य वृद्धिको सामना संसारले गर्नुपरेको बताए ।
चुनौतीका बाबजुद राष्ट्र बैंकले लिएको सजग समयअनुसारका उपयुक्त नीतिगत व्यवस्थाका कारण समग्र आर्थिक स्थायित्व कायम हुन सकेको बताए ।
२०७६ चैत २४ गते पाँच वर्षका लागि गभर्नर बनेर बिदा हुँदा गर्दा अधिकारीले आफ्नो कार्यकालकै अवधिमा कोभिडका कारण जनधनको ठुलो क्षति हुन गएको बताउँदै कोरोना सङ्क्रमणको त्रासका बाबजुद राष्ट्र बैंकका काम कारबाहीलाई निरन्तरता दिन सफल भएको सुनाए ।
आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गर्दै गभर्नर अधिकारीले वित्तीय पहुँच बिस्तार गर्ने, वित्तीय सेवाको उपयोगलाई प्रोत्साहन दिने तथा वित्तीय ग्राहक संरक्षणमार्फत सर्वसाधारणको वित्तीय प्रणालीमा रहेको विश्वास अभिवृद्धि गर्ने कार्यलाई राष्ट्र बैंकले उच्च प्राथमिकतामा राख्न सफल भएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण