अर्थ समितिद्वारा सांसद बोहराको निधनमा एक मिनेट मौन धारण
शुक्रबार, २२ चैत २०८१, १४ : ५६
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले समिति सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधनमा शोक व्यक्त गरेको छ ।
शुक्रवार सिंहदरबारमा बसेको संसदीय समितिले सांसद बोहराको निधनमा शोक प्रकट गर्दै एक मिनेट समिति कक्षमा उभिएर मौन धारण गरेको हो ।
सांसद बोहरको चैत्र १९ गते ७४ वर्षको उमेरमा निधन भएको थियो । समितिले मृतक बोहराको आत्मका चीर शान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । समितिले परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण