मुकुल भन्छन्– रवि दाइलाई राजनीतिबाट बिदा गरौँ, रास्वपा निर्माणमा लागौँ
काठमाडौँ । मुकुल ढकालले सभापति रवि लामिछानेलाई बिदा गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्माणमा लाग्न अपिल गरेका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश दिएपछि ढकालले रविलाई सबै कुरा छोडेर, मुद्दा मामिलामा फोकस हुन सजिलो हुने र पार्टी पनि बन्ने दिशामा अघि बढ्ने बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्- ‘अतः असार १९, २०८१ मा मैले पार्टीको केन्द्रीय समितिको बैठकमा राखेको प्रस्ताव– रविको पार्टी होइन राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ, यो प्रस्तावमा नआई सुख छैन । रवि दाइलाई राजनीतिबाट बिदा गरी, राष्ट्रिय स्वतन्त्र पार्टी निर्माणमा लागौँ । यसले दाइलाई पनि सबै कुरा छोडेर, मुद्दा मामिलामा फोकस हुन सजिलो हुन्छ र पार्टी पनि बन्ने दिशामा अघि बढ्छ ।’
उनले धरौटीमा छोड्दा पटक पटक यो देशमा न्याय जिउँदो छ भनेर अदालतको सम्मान गरेकाले अहिले अदालतलाई गाली गर्नुको कुनै तुक नरहेको जिकिर गरेका छन् । ‘धरौटीमा छोड्दा पटक पटक यो देशमा न्याय जिउँदो छ भनेर अदालतको सम्मान गरेका थिए । मैले त भनेकै थिए, धेरै खुसी नहुनु । तर खुसी भएपछि, कसको के लाग्छ र , बधाई दिए । अब अदालतलाई गाली गर्नुको के तुक रहन्छ र ! हिजो जसरी अदालतको फैसलाको स्वागत गरिएको थियो, त्यसरी स्वागत गर्ने ।’
उनले लेखेका छन्, ‘जिल्लाको धरौटी आदेश, उच्चको थुनामा , सर्वोच्चमा के हुने हो ? मानिलिऔँ, सर्वोच्चले छोडिहाले, फेरि जिल्लाको फैसलामा जान सक्छन् । फेरि उच्चले छोड्न सक्छ । अनि फेरि सर्वोच्चले लान सक्छ । १८–२० वटा अदालतको गोल चक्कर छ । धरौटीमा छोड्दा पटक पटक यो देशमा न्याय जिउँदो छ भनेर अदालतको सम्मान गरेका थिए । मैले त भनेकै थिए, धेरै खुसी नहुनु । तर खुसी भएपछि, कसको के लाग्छ र , बधाई दिए । अब अदालतलाई गाली गर्नुको के तुक रहन्छ र ! हिजो जसरी अदालतको फैसलाको स्वागत गरिएको थियो, त्यसरी स्वागत गर्ने ।
अतः असार १९, २०८१ मा मैले पार्टीको केन्द्रीय समितिको बैठकमा राखेको प्रस्ताव- रविको पार्टी होइन राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ, यो प्रस्तावमा नआई सुख छैन । रवि दाइलाई राजनीतिबाट बिदा गरी, राष्ट्रिय स्वतन्त्र पार्टी निर्माणमा लागौँ । यसले दाइलाई पनि सबै कुरा छोडेर, मुद्दा मामिलामा फोकस हुन सजिलो हुन्छ र पार्टी पनि बन्ने दिशामा अघि बढ्छ ।
असारमा भनेको कुरा चैत्र लाग्दासम्म पनि बुझ्न सकेनौँ भने, राजनीति के गर्छौ ? छोडिदिए हुन्छ । अब पार्टी जोगाउने उपाय भनेको असारको प्रस्तावमा फर्कनु हो । रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने निर्णय गर्नु हो । अनि मात्र नेपाल, नेपाली जनता, विधिको शासन र नैतिक मूल्यमान्यताको राजनीतिलाई न्याय मिल्छ ।
अन्त्यमा ,रवि दाइले मलाई बोलेको अन्तिम वाक्य थियो– ‘देख्यौ, शून्यमा पुर्याए तिमीलाई ।’ हुन त मैले समीक्षा प्रतिवेदनमा नै शून्यबाट यात्रा सुरु गर्दैछु भनेर लेखेको थिएँ । दाइलाई सुनाइदिनुहोला , ‘दाइ, म शून्य थिएँ, शून्य छु र शून्य नै रहुँला, तर अब तपाईँ कति ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण