रविलाई पहिलो उडानबाटै भैरहवा ल्याइँदै, सोमबार मात्रै कारागार पठाइने
बुटवल । काठमाडौँबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार बिहान नै यति एयरलाइन्स पहिलो उडानमार्फत भैरहवा ल्याइने भएको छ ।
शुक्रबार बुढानीलकण्ठस्थित हेपाली हाइटबाट पक्राउ परेका लामिछानेलाई गएराति भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको थियो । उनलाई त्रिभुवन विमास्थल पुर्याई सकिएको छ ।
रुपन्देही एसपी रञ्जित सिंह राठौरले आज ल्याएर जिल्ला प्रहरी कार्यालयमा राखिने र अदालत खुलेपछि जिल्ला कारागार भैरहवा पठाउने राताेपाटीलाई बताए ।
आज र भाेलि सार्वजनिक विदा छ । त्यस कारणले सोमबारसम्म रवि जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा बस्नुपर्ने छ । शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सुप्रिम सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले सो आदेश दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
-
खामेनीद्वारा सम्झौता स्वीकृतः ‘फरक मत भए पनि राष्ट्रपतिको आश्वासनपछि अनुमति दिएँ’
-
अघिल्लो चरण प्रवेशका लागि स्विट्जरल्याण्ड र बोस्निया भिड्दै, दुवैलाई जितको खोजी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण