उपप्रमुख डंगोल बेल्जियम जाँदै, यस्तो छ कार्यतालिका
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल युरोपियन युनियनको निमन्त्रणामा आज बेल्जियम प्रस्थान गर्दै छिन् । युरोपियन युनियनले अघि बढाएका असल अभ्यासहरूबारे जानकारी दिने र काठमाडौँ महानगरपालिकाले अघि बढाएका असल अभ्यासबारे पनि जानकारी लिने उद्देश्यले डंगोललाई युरोपियन युनियनले बेल्जियममा आमन्त्रण गरेको हो ।
उपप्रमुख डंगोलले त्यहाँ सहरी विकासकामा गरेका प्रगतिबारे विभिन्न स्थानहरूको अध्ययन भ्रमण गर्ने कार्यतालिका छ । उपप्रमुख डंगोल बेल्जियमपछि अदालतको अवलोकन भ्रमणका लागि लक्जेम्बर्ग जाने कार्यक्रम छ ।
त्यहाँ पनि उनले युरोपियन युनियनको अभ्याससँगै त्यहाँको विवाद निरूपणका लागि भएका र गरेका प्रयासहरूका बारेमा अनुभव लिने कार्यक्रम छ । भ्रमणकै सिलसिलामा त्यहाँको स्थानीय सरकारसँग पनि विभिन्न विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।
‘बेल्जियमको अवलोकन भ्रमणका क्रममा त्यहाँको संसद्को पनि अवलोकन गर्ने र काठमाडौँ महानगरपालिकाले गरेका असल अभ्यासबारे अनुभव आदानप्रदान गर्ने कार्यक्रम छ,’ डंगोलले भनिन्, ‘यो भ्रमणका क्रममा त्यहाँका सरकारका प्रतिनिधि, सांसद, स्थानीय तहका जनप्रतिनिधिहरूसँग औपचारिक भेटघाटको कार्यक्रम छ ।’
बेल्जियममै युनेस्कोसँग त्यहाँका सम्पदा र काठमाडौँ महानगरपालिकाका सम्पदा संरक्षणका लागि गरेका प्रयासहरूका बारेमा अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको पनि उनले जानकारी दिइन् ।
‘काठमाडौँ महानगर युनेस्को क्रिएटिभ सिटी पनि हो,’ उनले भनिन्, ‘त्यहाँ नेपाली कला, सभ्यता, संस्कृति, मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धनबारे गहन छलफल गर्ने तयारी छ । कला, संस्कृति र नवीन उद्योगसम्बन्धी नीति तयार गरी ‘स्क्रिन पर्यटन’ को सम्भावनालाई समेत साकार बनाउन के–कस्तो पहल गर्न सकिन्छ त्योबारेमा पनि म भ्रमणका क्रममा छलफल गर्ने छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण