शिक्षकहरूको आन्दोलनमा कांग्रेस बागमती प्रदेशको ऐक्यबद्धता
हेटौँडा । शिक्षकहरूको आन्दोलनमा नेपाली कांग्रेस बागमती प्रदेश समितिले ऐक्यबद्धता जनाएको छ । समितिका सभापति इन्द्रबहादुर बानियाँले शनिबार विज्ञप्ति जारी गर्दै शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन्
सभापति बानियाँले सरकारले शिक्षकहरूसँग विगतमा गरेका सहमति र शिक्षकहरूको जायज माग सम्बोधन गर्न माग गरेका छन् । उनले शिक्षक तथा विद्यालय कर्मचारीहरूसँग विगतमा भएका सहमति कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन् ।
‘नेपाल शिक्षक महासङ्घले जारी राखेको आन्दोलनप्रति नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति पूर्ण ऐक्यबद्धता रहेको छ ।’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘शिक्षक तथा विद्यालय कर्मचारीहरूसँग विगतमा भएका सहमति कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह गर्दछौँ । शिक्षा क्षेत्रको उन्नति लोकतन्त्रको आधार हो । यसप्रति नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति प्रतिबद्ध रहेको र सरकारलाई शिक्षक महासङ्घले उठाएका जायज मागहरूलाई वार्ता मार्फत तत्काल समाधान दिन आग्रह गर्दछ ।’
नेपाल शिक्षक महासङ्घद्वारा विद्यालय शिक्षा ऐन जारीको माग गर्दै केही दिनदेखि काठमाडौँ केन्द्रित अनिश्चितकालीन आन्दोलनलाई सरकारले वार्ताका माध्यमबाट व्यवस्थापन गर्नुपर्ने विज्ञप्तिमा भनिएको छ । शिक्षक तथा विद्यालय कर्मचारीका यथोचित माग समाधान गरी गुणस्तरीय विद्यालय शिक्षाको प्रबन्ध गर्न सक्ने ऐन जारी गर्न ढिलाइ गर्न नहुने विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण