अभिनेता ब्रान्डविरुद्ध बलात्कारको मुद्दा
लण्डन । बेलायती प्रहरीले हास्य कलाकार तथा अभिनेता रसल ब्रान्डमाथि चार महिलाविरुद्ध बलात्कार र अन्य यौन अपराधको मुद्दा दर्ता गरेको छ।
लन्डनको महानगरीय प्रहरीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘५० वर्षीय ब्रान्डमाथि बलात्कारको एउटा मुद्दा, अभद्र आक्रमणको एउटा मुद्दा, मौखिक बलात्कारको एउटा मुद्दा र यौन दुर्व्यवहारको दुई मुद्दा लगाइएको छ।’
ब्रान्ड अर्को महिनाको सुरुमा लन्डनको वेस्टमिन्स्टर मजिस्ट्रेटको अदालतमा उपस्थित हुने प्रहरीले बताएको छ । उनी हाल दक्षिणी इङ्गल्याण्डमा बसोबास गरिरहेको प्रहरीको भनाई छ ।
हास्य कलाकारले पहिले नै आरोपहरूलाई अस्वीकार गरिसकेका छन् । तीन बेलायती मिडिया आउटलेटहरू (द सन्डे टाइम्स, द टाइम्स र च्यानल ४) को ‘डिस्प्याचेस’ को नेतृत्वमा संयुक्त अनुसन्धानबाट आरोपहरू प्राप्त भएपछि प्रहरीले सेप्टेम्बर २०२३ मा ब्रान्डमाथि अनुसन्धान सुरु गरेको थियो ।
प्रहरीका अनुसार, सन् १९९९ मा दक्षिणी इङ्गल्याण्डको बोर्नमाउथमा एक महिला बलात्कृत भएको आरोप छ । त्यस्तै २००१ मा लन्डनको वेस्टमिन्स्टर क्षेत्रमा एक महिलामाथि अभद्र व्यवहारमा आक्रमण गरिएको थियो भने २००४ मा लन्डनको वेस्टमिन्स्टर क्षेत्रमा एक महिलालाई मुखले बलात्कार र यौन दुर्व्यवहार गरिएको थियो ।
यसैगरी, २००४/२००५ को बीचमा लन्डनको वेस्टमिन्स्टर क्षेत्रमा एक महिलालाई यौन दुर्व्यवहार गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले विपक्षी दलको नेता बोल्दा सदनमा उपस्थित हुने परम्परा तोड्नुभयो : आङ्देम्बे (पूर्णपाठ)
-
के छ शिक्षा नियमावली १०औँ संशोधनमा ?
-
सुशासन, पारदर्शिता र जबाफदेही सरकार नै आजको आवश्यकता
-
इरानका नयाँ नेतृत्वलाई इजरायली रक्षामन्त्रीको यस्तो चेतावनी
-
गाउँपालिका अध्यक्षले कमाए साढे ३ करोड बराबरको अकूत सम्पत्ति, बुवा-आमा र दुई श्रीमतीविरुद्ध पनि मुद्दा
-
बिहान उठ्नेबित्तिकै तातो पानी पिउने बानी छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण