ह्विलचियरमा बसेर नौमती बाजा बजाउँदै
गलकोट (बागलुङ) । चैतेदसैँको अवसरमा कालिका मन्दिर पुग्ने जङ्गलको बीच भागमा नौ जनाले नौमती बाजा बजाएर घरखर्चको जोहो गरिरहेका छन् ।
पोखरा आसपासको क्षेत्रमा बसोबास गर्ने उनीहरूले शुक्रबारदेखि कालिका मन्दिर परिसरमा नौमती बाजा बजाएर घरखर्चको जोहो गरिरहेका हुन् । नौमध्ये दुई जना मात्रै सबालाङ्ग छन् भने समूहमा दुई महिला र सात जना पुरुष सहभागी छन् ।
बागलुङको कालिका मन्दिर दर्शनका लागि कालिका बाल उद्यानबाट मन्दिरतर्फ जाने बाटोमा ह्विलचियरमा बसेर बाजा बजाएको दृश्यले सबैलाई आकर्षित गर्छ । नौमती बजाउनेमध्ये सात जना शारीरिक रूपमा अशक्त रहेको ध्रुव नेपालीले बताए । ह्विलचियरमा बसेर नौमती बाजा बजाउन सिकेको उल्लेख गर्दै यो सीपले जीविकोपार्जन सहज भएको उनले जानकारी दिए ।
‘अपाङ्गता भएकाहरू एकजुट भएर बाजा बजाउन सिकेका हौँ । ढाड भाँचिए पनि परिवारको खर्च जुटाउनुपर्ने बाध्यता रहेको र मागेर हिड्नुभन्दा नौमती बाजा बजाएर कलाको संरक्षणसँगै खर्च सङ्कलनको पहल थालेका हौँ । बाजा मन पर्नेले दिएको रकमबाट घर खर्च चल्ने गरेको छ’, उनले भने, ‘कामसहित प्रतिभा देखाए सबैले माया गर्छन् । उनीहरु सङकलन भएको रकम नौ जनाले बाडेर लिने गर्दछन् ।
दाताहरूले दिएको थोरै रकमले पनि आफूहरूलाई राहत मिल्ने गरेको जनाउँदै मेला, पर्व तथा मानिसको आवतजावत र घुइँचो बढी हुने क्षेत्रमा ह्विलचियरमै बसेर नौमती बाजा बजाउने गरेको भुमिराज थापाले बताए । समूहमा सात जना अपाङ्गता भएका व्यक्ति रहेको जनाउँदै उनले सातै जनाको ढाडसम्बन्धी समस्या रहेको उल्लेख गरे । कसैको भिरबाट लडेर, कसैको सवारी दुर्घटनामा परेर ढाड भाँचिएपछि ह्विलचियरको सहारा लिँदै आएको उनको भनाई छ ।
सबैमा ढाडको समस्या छ, कोही हिड्न सक्दैनन् । ह्विलचियरमा बसेरै बाजा बजाएर सङ्कलन भएको रकमले घर खर्चको जोहो हुँदै आएको छ । चैतेदसैँ मेलामा अझै तीन दिन बाजा बजाएर पोखरा फर्कर्ने योजना छ’, थापाले भन्नुभयो, ‘अपाङ्गताले प्रतिभालाई छेक्ने रहेनछ, अहिले मेला महोत्सवमा बाजा बजाउँदा धेरैले माया र सम्मान गर्छन् ।’
शारीरिक अपाङ्गता भएकाले टाढाटाढा जान समस्या भएको धना मगरले गुनासो गरिन् । ‘शारीरिक रूपमा अशक्त भएपनि कला र प्रतिभा देखाउन सकेमा यसको संरक्षण हुनुका साथै जीविकोपार्जनमा पनि सहजता हुन्छ’, उनले थपिन् । सडकको पहुँच पुगेका स्थानमा बाजा बजाउन जान सहज हुने बताउँदै मेला, पर्वमा आफूहरू बाजा बजाउँदै आएको अनुभवसमेत उनले सुनाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण