सिकन्दरको ‘हरिबिजोग’, सात दिनमा १०० करोड पनि कमाएन
आइतबार, २४ चैत २०८१, ०९ : २३

नयाँ दिल्ली । बलिउड स्टार सलमान खानको बहुप्रतीक्षित फिल्म सिकन्दर यतिबेला हलमा लागिरहेको छ । सलमानको ब्लकबष्टर पुनरागमन हुने ठानिएको फिल्मले भारतीय बक्स अफिसमा एक हप्तामा पनि सय करोड भारु कमाउन सकेन ।
फिल्मलाई दर्शकहरूले मन पराइरहेका छैनन् । कयौँ सिनेमा हलले सिकन्दरको शो अरू फिल्मलाई दिइरहेका छन् । इदको अघिल्लो दिन रिलिज भएको फिल्मको इदपछि नै बक्स अफिस कलेक्सन ओरालो लागेको थियो । शुक्रबार अप्रिल ४ मा फिल्मको कलेक्सन ४१ दशमलव ६७ प्रतिशतले घटेको थियो ।
सातौँ दिनमा फिल्मले जम्मा २ करोड ५२ लाख भारु मात्रै कमाएको छ । योसँगै सात दिनमा फिल्मको कूल कमाई बल्ल तल्ल ९६ करोड २७ लाख भारुमा पुगेको छ । २०० करोड भारुमा बनेको फिल्मको ६ दिनमा विश्वभर कमाई १५३ करोड ३५ लाख रहेको स्याकनिल्कको तथ्यांकले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
११ सदस्यीय जुडो टोली भुटान प्रस्थान
-
राजनीतिक प्रतिशोधका घटना नरोकिए सधैँ चुप लागेर बस्दैनौँ: सांसद झा
-
रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले २५ गते प्रतिनिधिसभामा जवाफ दिने
-
ट्रम्प रिसाइरहँदा हार्वार्ड विश्वविद्यालयले पाउने भएन कुनै अनुदान
-
जापानमा खोज अनुसन्धान गरिरहेका नेपाली वैज्ञानिक
-
बजेट अभावले अर्घाखाँचीको विमानस्थल निर्माण अधुरो