नेपालमा भइरहेको शिक्षक आन्दोलनप्रति विश्व शिक्षक महासंघको ऐक्यबद्धता
काठमाडौँ । विश्व शिक्षक महासंघले नेपाली शिक्षकहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै शुभकामना व्यक्त गरेको छ । आज एक सूचना निकाल्दै विश्व शिक्षक महासंघ एफआईएसईले शिक्षा आन्दोलनको अग्रपंक्तिमा उभिएर गुणस्तरीय, समतामूलक र सबैका लागि पहुँचयोग्य शिक्षाको वकालत गर्ने नेपाल शिक्षक महासंघ र सबै नेपाली शिक्षकहरूको निरन्तर प्रयासको कदर गर्ने जनाएको छ ।
साथै नेपाली शिक्षकहरूको पेसागत सम्मान, राम्रो कामको अवस्था र शिक्षालाई सामाजिक न्यायको माध्यमका रूपमा रूपान्तरणका लागि भएको संघर्षमा आफ्नो अन्तर्राष्ट्रिय आन्दोलनको लक्ष्यसँग पूर्ण रूपमा मेल खाने उक्त ऐक्यबद्धतामा उल्लेख छ ।
राजनीतिक, आर्थिक र भौगोलिक चुनौतीहरू बाबजुद पनि शैक्षिक सुधार र संघको सक्रियताप्रति नेपाली शिक्षकहरूले गरेको अटल प्रतिबद्धताले समतामूलक र जनकेन्द्रित शिक्षा प्रणालीको फराकिलो सङ्घर्षमा महत्त्वपूर्ण योगदान पुर्याएको पनि जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण