दुर्गेशले गाएको यस्तो छ ‘कर्मा’ को टाइटल गीत
काठमाडौं । चलचित्र ‘कर्मा’को टाइटल गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा दुर्गेश थापाको स्वर छ । गीतमा शब्द तथा संगीत पनि दुर्गेश स्वयंको छ ।
गीतले जस्तो मान्छे, त्यस्तै व्यवहार हुने सत्यलाई उजागर गरेको छ । गीतमा एरेन्ज पनि दुर्गेशले नै गरेका छन् । ब्याकग्राउन्ड भोकल आरसी रिमाल र भुषण खतिवडाको छ ।
गीतको भिडियोमा चलचित्रका कलाकार विपीन कार्की, मुकुन भुसाल, उपासना सिंह ठकुरीलगायत रहेका छन् । दुर्गेश स्वयं पनि भिडियोमा देखिएका छन् ।
यसैबीच, ‘कर्मा’को ट्रेलर नेपालसहति कतार, कोरिया र जापानमा पनि युट्युब ट्रेन्डिङमा परेको हो ।
चलचित्र सौरभ चौधरीले निर्देशन गरेका हुन् । विपीनलाई एक्सनमा उतारेका निर्देशक चौधरीले एक्सनको जगमा बसेर पैसा र पावरका लागि मरिहत्ते गर्ने समाजको कथा भन्ने प्रयास गरेका बताए ।
‘कर्मा’मा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरी, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय छ ।
नयाँ वर्ष २०८२ को छेको पारेर चलचित्र ‘कर्मा’ चैत २९ गते रिलिज हुँदैछ । नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुने चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण