माओवादीले खोस्यो प्रदेश सह–इन्चार्जहरूको जिम्मेवारी
काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रदेश सह–इन्चार्जहरूको जिम्मेवारी खोसेको छ । माओवादीको हालै बसेको पदाधिकारी बैठकले हालका लागि प्रदेशमा सह–इन्चार्जहरूको पद नराख्ने निर्णय गरेको हो ।
सहइन्चार्ज रहेका नेताहरूलाई प्रदेश समन्वय कार्यालयको सदस्यमा निरन्तर कायम राख्ने र प्रदेश समन्वय कार्यालयले नै ठोस कार्य जिम्मेवारीहरूको विभाजन गर्ने निर्णय भएको एक नेताले बताए । यस्तै प्रदेश समन्वय कार्यालय विस्तार गर्नुपर्ने देखिएमा प्रदेश समन्वय कार्यालयको सिफारिसमा केन्द्रीय कार्यालयले निर्णय गर्ने तय भएको समेत ती नेताको भनाइ छ ।
गत माघमा उपत्यका विशेष प्रदेशमा मोहन कार्की, रमेश मल्ल र रामप्रसाद सापकोटालाई सहइन्चार्ज बनाएको थियो ।
सम्पर्क समन्वय प्रदेशमा झक्कुप्रसाद सुवेदी, देबेन्द्र पराजुली र मानबहादुर बुढा, सार्क प्रवास प्रदेशमा ईश्वरी भण्डारी, एसिया प्रवास प्रदेशमा डिबी क्षेत्री, पश्चिम अन्तर महादेशीय प्रवास प्रदेशमा सुरेन्द्र भुसाल, मोहनमान स्वाँर र कृष्णकुमार राई सहइन्चार्ज बनेका थिए ।
यसैगरी कोशी प्रदेशमा सावित्रीकुमार काफ्ले, अजम्बर काङबाङ, धर्मशीला चापागाई र सुरेशकुमार राई, मधेश प्रदेशमा विश्वनाथ साह, प्रल्हाद बुढाथोकी, जोगकुमार बरबरिया यादव र महेन्द्र पासवान, बागमति प्रदेशमा अञ्जना विशंखे, सूर्य सुवेदी, हितबहादुर तामाङ र शालिकराम जम्मकट्टेल , गण्डकी प्रदेशमा हरिराज अधिकारी सहइन्चार्ज रहेका थिए ।
यस्तै लुम्बिनी प्रदेशमा कुलप्रसाद केसी, कर्णाली प्रदेशमा टेकबहादुर बस्नेत र महेन्द्रबहादुर शाही, सदुरपश्चिम प्रदेशमा खगराज भट्ट र विना मगर सहइन्चार्ज बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण