वैदेशिक रोजगार व्यवसायी सङ्घको सचिवमा कुन्छाको उम्मेदवारी घोषणा
काठमाडौँ । वैदेशिक रोजगार व्यवसायको सचिव पदका लागि कुन्छा दोर्जे डिम्दोङले उम्मेदवारी दिएका छन् ।
आकृति रिक्युटिङका सञ्चालक तथा वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका महासचिव समेत रहेका कुन्छाले उम्मेदवारी दिएका हुन् ।
उनी कांग्रेस निकट लोकतान्त्रिक एशोसिएन र गणतान्त्रिक मञ्चको तर्फबाट उम्मेदवार बनेका हुन् । उक्त प्यानलबाट भुवनसिंह गुरुङ अध्यक्षका उम्मेदवार बनेका छन् ।
विगत १६ वर्षदेखि वैदेशिक रोजगार व्यवसायको क्षेत्रमा सक्रिय हुँदै आएका छन् । कुनै समय वैदेशिक रोजगारीका लागि साउदी अरेबिया र कतारमा गएका थिए । त्यहाँको दुःख, कामको अनुभव बटुलेर नेपाल फर्किएका कुन्छा केही समय यही क्षेत्रमा कर्मचारीको रूपमा काम गरेका थिए ।
सन् २००९ मा उनले आकृति रिक्युटिङ खोलेर वैदेशिक रोजगारीमा पठाउँदै आएका छन् । वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित तथा सम्मानित बनाउनुपर्छ भन्ने मान्यताका साथ आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ ।
‘वैदेशिक रोजगार क्षेत्रमा देखिएका विकृति, विसङ्गतिको अन्त्य गर्दै यसलाई सम्मानित, व्यवस्थित मर्यादित व्यवसाय बनाउने मेरो योजना हुनेछ,’ कुन्छाले भने ।
व्यवसायका साथसाथै सामाजिक कार्य तथा राजनीतिक क्षेत्रमा समेत सक्रिय हुँदै आएका छन् । नेकपा माओवादी निकट वैदेशिक रोजगार व्यवसायीको संस्था वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चको सदस्य हुँदै हाल महासचिवको रूपमा काम गर्दै आएका छन् ।
त्यस्तै नेकपा माओवादी केन्द्र विशेष प्रदेश अन्तर्गत उद्यमी व्यवसायी महाशाखाको उपाध्यक्ष, श्रम तथा रोजगार विभागको सदस्य रूपमा काम गर्दै आएका छन् ।
व्यवसाय र व्यवसायीको हकहित, सहजीकरण जस्ता काम गर्दै आएका उनले वार्षिक १०० जना कामदार अनिवार्य पठाउनुपर्ने प्रावधानका विरुद्ध सशक्त भएर लड्दै आएका छन् । उनले उक्त प्रावधान हटाउनुपर्ने माग राख्दै आएका छन् ।
उनले सङ्घको सचिव पद्मा उम्मेदवारी दिँदै उक्त प्रावधान हटाउन गम्भीर लाग्ने बताएका छन् । त्यस्तै वैदेशिक रोजगारीको सेवा शुल्क तोकिनुपर्ने विषयमा समेत उनी गम्भीर भएर लागेका छन् ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेला वार्षिक १०० जना कामदार नपठाउने व्यवसायीको लाइसेन्स खारेज गर्ने प्रावधान हटाउनुपर्ने विषय जोडदार रूपमा उठाएका थिए । त्यही कारण तत्कालीन सरकारले ऐन संशोधनको प्रक्रिया अगाडि बढाएको थियो ।
वैदेशिक रोजगार व्यवसायमा देखिएका विभिन्न खाले सिन्डिकेट अन्त्य गर्नका लागि समेत उनले सशक्त आवाज उठाउँदै आएका छन् । विभिन्न देशमा कामदार पठाउन विभिन्न प्रकारको लाइसेन्स दिने प्रचलनका विरुद्धसमेत आफ्नो उम्मेदवारी दिइएको उनको भनाइ छ ।
सङ्घको सचिव पद्मा निर्वाचित भएपछि व्यवसायीमैत्री नियम कानून तथा नीति नियम बनाउनतिर आफ्नो जोड हुने प्रतिबद्धता व्यक्त गरेका छन् । व्यवसाय क्षेत्रमा देखिएका सिन्डिकेट, १०० जना कामदारको विषय, सेवा शुल्क जस्ता समस्या समाधानका लागि लाग्ने उनको प्रतिबद्धता छ ।
उनले वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन पहल गर्ने तथा नयाँ आकर्षक गन्तव्यको समेत खोजी गर्ने योजना अघि सारेका छन् । र व्यवसायी हित विपरितका कुनै पनि कार्यका विरुद्धमा सशक्त भएर लड्न उनको प्रतिबद्धता छ ।
सङ्घको सचिवका लागि उनीसँगै व्यवसायी ईश्वर सापकोटा र अनिल बोगटीले उम्मेदवारी दिएका छन् । सापकोटाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् भने बोगटी एमाले, नेकपा (एकीकृत समाजवादी) लगायतका निकट व्यवसायीको तर्फबाट उम्मेदवार बनेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
-
मुस्ताङ भन्सारबाट एघार महिनामा सात अर्ब ६६ करोड राजश्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण