आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको नेतृत्वमा रामप्रसाद गैरे समूह निर्वाचित

शनिबार, ०६ असार २०८३, २३ : १८
शनिबार, ०६ असार २०८३

सारांश

  • नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १२औँ निर्वाचनमा रामप्रसाद गैरे नेतृत्वको प्यानलले प्रभावशाली जित हासिल गरेको छ ।
  • निर्वाचनमा अध्यक्ष पदमा रामप्रसाद गैरे १८६ मतसहित विजयी भएका छन् ।
  • नवनिर्वाचित अध्यक्ष रामप्रसाद गैरेले व्यवसायीहरूको हक, हित र अधिकारका पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता जनाएका छन् ।

काठमाडौँ । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १२औँ साधारण सभा तथा नयाँ कार्यसमिति चयनका लागि सम्पन्न निर्वाचनमा रामप्रसाद गैरे नेतृत्वको प्यानलले जित हासिल गरेको छ । 

निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार अध्यक्ष पदमा रामप्रसाद गैरेले १८६ मत प्राप्त गर्दै किशोरकुमार केसीलाई ९५ मतमा सीमित पार्दै विजय हासिल गरेका हुन् ।

प्रथम उपाध्यक्षमा सुवर्ण लामा १७६ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी शिवकुमार कार्कीले ९७ मत प्राप्त गरे । द्वितीय उपाध्यक्षमा  हर्कबहादुर लिम्बु १५३ मतसहित विजयी भए भने संस्थापक समूहका विजयकुमार कार्कीले १२० मत प्राप्त गरे ।

तृतीय उपाध्यक्षमा हिरादेवी बुढाथोकी १६८ मतसहित विजयी हुँदा सोमबहादुर तामाङले १०१ मत प्राप्त गरे।

महासचिव पदमा सुमनराज पाण्डे १६० मतसहित निर्वाचित भए भने उनका प्रतिस्पर्धी अभिनयमान सिंह बस्नेतले ११२ मत प्राप्त गरे । सचिव पदमा हिमा गुरुङ १४० मतसहित विजयी हुँदा नारायण भुसालले १३३ मत प्राप्त गरे ।

सहसचिव पदमा जगतबहादुर गुरुङ १५३ मतसहित निर्वाचित भए भने शिवप्रसाद चालिसेले १०८ मत प्राप्त गरे । कोषाध्यक्ष पदमा भीममाया कार्की (कल्पना) १४१ मतसहित विजयी हुँदा राधा केसीले १२६ मत प्राप्त गरिन् ।

सह–कोषाध्यक्ष पदमा कैलाश पाठकले १८० मत प्राप्त गर्दै शानदार जित हासिल गरे भने उनका प्रतिस्पर्धी दीपक खड्काले ९२ मत मात्र प्राप्त गरे ।

सदस्य पदमा ओमप्रकाश शिवाकोटी (१७३), विष्णु प्रसाद सापकोटा (१६०), उर्मिला लामा (१५१), नवीन क्षेत्री पौडेल (१४८), मिलन पोखरेल (१३०), राजेश मैनाली (१२७), युवराज खतिवडा (१२४), पुण्यकुमार श्रेष्ठ (१२३) र शेरबहादुर गुर्बछान (११९) निर्वाचित भए ।

निर्वाचन परिणाम सार्वजनिक भएपछि  निर्वाचन समिति संयोजक मछिन्द्रनाथ शेर्माले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण गरेका थिए । त्यसलगत्तै उनले नवनिर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको शपथसमेत गराएका थिए ।

नवनिर्वाचित अध्यक्ष रामप्रसाद गैरेले आफूलाई विश्वास गरी मतदान गर्ने सम्पूर्ण व्यवसायीप्रति आभार व्यक्त गर्दै वैदेशिक रोजगार व्यवसायीहरूको हक, हित र अधिकारका पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता जनाए ।

उनले व्यवसायीका समस्या समाधान, व्यवसायमैत्री वातावरण निर्माण, वैदेशिक रोजगार क्षेत्रको गरिमा वृद्धि तथा व्यवसायीको अधिकार सुनिश्चित गर्न आवश्यक परे जुनसुकै कदम चाल्न आफू तयार रहेको बताए ।

“यो जित मेरो मात्र होइन, सम्पूर्ण व्यवसायी समुदायको जित हो। अब निर्वाचन सकिएको छ, सबैलाई साथमा लिएर संस्थाको एकता, व्यवसायीको हकहित र पेसागत सम्मानका लागि काम गर्नेछु,” अध्यक्ष गैरेले भने ।

एसोसिएसनका निवर्तमान अध्यक्ष दीपक थापाले आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पूर्ण व्यवसायी, पूर्वअध्यक्ष, पदाधिकारी तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गर्दै नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिए ।

एसोसिएसनको १३ औँ साधारण सभाको नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलले उद्घाटन गर्दै म्यानपावर व्यवसायलाई थप व्यवस्थित बनाउँदै अगाडि बढाउनुको विकल्प नभएको बताए । उनले एसोसिएसनको सदस्य भएर संस्था विरोधी गतिविधि गर्ने जो सुकैलाई पनि पार्टीले कारबाही गर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप