माओवादीको निष्कर्ष : सरकारको नालायकीपनले गम्भीर चुनौती
काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारको नालायकीपनले संघीय लोकतान्त्रिक गणतन्त्र र मुलुकको स्वाधीनताको रक्षाका निम्ति गम्भीर चुनौती देखिएको निष्कर्ष निकालेको छ । चैत्र १८ र १९ गते अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले उक्त निष्कर्ष निकाल्दै यस सन्दर्भमा पार्टीको रणनीतिसहित आइतबार मातहतका कमिटीमा सर्कुलर पठाइएको एक नेताले जानकारी दिए ।
‘तीनकुनेको घटना शृङ्खला र शान्ति सुरक्षाको जिम्मेवारी रहेको सरकारको नालायकीपनले गर्दा संघीय लोकतान्त्रिक गणतन्त्र र मुलुकको स्वाधीनताको रक्षाको निम्ति गम्भीर चुनौती देखिएको छ’, माओवादीको सर्कुलरमा भनिएको छ , ‘यस स्थितिमा हामीले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने छ ।’
सरकारको नालायकी र बेथितिको विरुद्व खबरदारीका साथै प्रतिगमनकारी षडयन्त्रका विरुद्ध भण्डाफोरलाई तीव्रता दिनु दिनुपर्ने पार्टीको निष्कर्ष रहेको ती नेताको भनाइ छ । ‘शान्तिपूर्ण रूपमा युवा स्वयमसेवकहरुको परिचालन र बृहत जनपरिचालनमा जोड दिनु पर्छ’, माओवादीको भनाइ छ, ‘ यसका लागि गणतन्त्र पक्षधरहरूबिच संवाद, सहकार्य बढाउने र यस अभियानमा समाजवादी मोर्चालाई पनि क्रियाशील गराइनु पर्दछ ।’
माओवादीले चैत्र १५ गते तीनकुनेमा राजावादीहरूको कार्यक्रममा देखिएको उद्दण्डता, तोडफोड, आगजनी, आततायी र आपराधिक घटनाको रूपमा देखिएको समेत निष्कर्ष निकालेको छ । बैठकमा अध्यक्ष प्रचण्डले सरकारका काम कार्यवाहिहरुमा बेथिति रहेको भन्दै भ्रष्टहरूको रक्षा गरिरहेको बताएका थिए ।
यस्तै गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षामा गम्भीरता नदेखिएको तथा प्रतिगामी षडयन्त्रहरू बढ्दै गइरहेको भए पनि यसमा सरकार गैर जिम्मेवार बनेको प्रचण्डको भनाइ थियो ।
यसै क्रममा चैत्र १५ गते राजधानीमा समाजवादी मोर्चाको तर्फबाट गणतन्त्रको पक्षमा भएको जनप्रदर्शन सानदार रूपमा सम्पन्न भएको माओवादीको निष्कर्ष छ । यसबाट गणतन्त्रको पक्षमा र प्रतिगमनको विरुद्ध सशक्त जन अभिमत प्रकट गर्न सफल रहेको माओवादीको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण