रोचक बन्दै ला लिगा, शीर्ष टोलीलाई धक्का पुग्दा एटलेटिकोलाई सफलता
सोमबार, २५ चैत २०८१, ०० : ५०
काठमाडौं । स्पेनिस ला लिगामा एटलेटिको मड्रिड विजयी भएसँगै उपाधि दौड रोचक बन्ने देखिएको छ । आइतबार राती भएको खेलमा तेस्रो स्थानको एटलेटिको मड्रिड सेभियासँग २-१ ले विजयी भएसँगै उपाधि दौड रोचक बन्ने देखिएको हो ।
आफ्नो ३० औं खेलमा दोस्रो स्थानको रियाल मड्रिड हारेपछि एटलेटिको समेत उपाधि दौड नजिक आइपुगेको छ । रियालको ६३ अंक हुँदा एटलेटिकोको तीन कम ६० अंक भएको छ । शीर्ष स्थानको बार्सिलोना रियालसँग ४ अंकले अघि छ ।
यी तीनै टोलीबीच क्रमशः एक अर्कामा ‘तीन-चार’ अंकको दुरी कायम भएको छ । यसले आगामी खेल थप रोचक हुने समेत अनुमान गरिएको छ । ला लिगामै आइतबार राती रियाल सोसिडाडले लस पल्मसलाई ३-१ ले हराउँदा गेटाफेले रियाल भालाडोलिडविरुद्ध ४-० को जित निकाल्यो ।
यस्तै, भिया रियाल र एथ्लेटिक क्लबबीचको खेल गोल रहित बराबरीमा टुंगियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण