१० कक्षा पास गरेका ‘डाक्टर’ले गर्भपात गराएपछि...
काठमाडौँ । प्रेमीसँग शारीरिक सम्बन्ध राखेपछि गर्भवती भएकी एक युवतीको गर्भपातकै क्रममा मृत्यु भएको छ । भारतको उत्तर प्रदेश राज्यको लखीमपुर खीरी जिल्लाको पलिया थाना क्षेत्रमा उक्त घटना भएको हो ।
युवतीको शव ५ अप्रिलमा बरामद भए पनि उनको मृत्युका सम्बन्धमा प्रहरीले हालै वास्तविक कारण खुलासा गरेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार १८ वर्षीय दलित युवतीको शव फालेर दुई जना फरार भएका थिए ।
स्थानीयवासीले खबर गरेपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो । प्रहरीले सीसीटीभी फुटेज निकालेर अनुसन्धान गर्दा दुई युवकले एक युवतीलाई अस्पताल लैजाँदै गरेको देखिएको थियो ।
प्रहरीले मृतक युवती मझगई थाना क्षेत्र अन्तर्गत परसुआ गाउँ निवासी रहेको पत्ता लगायो । त्यसपछि प्रहरीले ती युवतीबारे थप अनुसन्धान गर्दा सर्वेश नाम गरेका युवकसँग प्रेम सम्बन्ध रहेको तथ्य प्रकाशमा आयो ।
सर्वेशसँगकै शारीरिक सम्बन्धका कारण ती युवती गर्भवती भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार सर्वेशले नीरज कुशवाहा नाम गरेका डाक्टरसँग सम्पर्क गरेका थिए ।
नीरजले ८ हजार रुपैयाँमा गर्भपात गराउने जिम्मेवारी लिएका थिए । यसका लागि उनले सोनम साहनी नाम गरेकी एक नर्सको मद्दत लिएका थिए ।
गर्भपातका क्रममा युवतीको अवस्था गम्भीर हुँदै गयो । त्यसपछि उनलाई अर्को अस्पतालमा उपचारका लागि लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरे । त्यसपछि उनका प्रेमी र गर्भपात गराउने डाक्टर मिलेर शवलाई फ्याँकेका थिए ।
प्रहरीका अनुसार गर्भपात गराउने कथित डाक्टर १० कक्षामात्र पढेका छन् । नीरजले नर्स सोनम र उनका पतिसँग मिलेर अवैध रूपमा गर्भपात गराउँदा युवतीको मृत्यु भएको प्रहरीको भनाइ छ । प्रहरीले युवतीको प्रेमी र गर्भपातमा संलग्न अन्य तीन जनालाई नियन्त्रणमा लिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
-
वर्षाले काठमाडाैँ–१० जलमग्न, तस्बिरहरू
-
मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट
-
अमेरिकासँग मिलेर प्याट्रियट हवाई रक्षा प्रणाली बनाउँदै युक्रेन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण