काठमाडौंमा चौथो राष्ट्रिय लेखा व्यवसायी सम्मेलन आयोजना हुँदै
काठमाडौं। लेखाव्यवसायको विकास, संरक्षण, संवर्द्धन तथा नियमन गर्दै आएको नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले ‘कर र सार्वजनिक वित्त व्यवस्थापनको आधुनिकिरण मार्फत आर्थिक रूपान्तरण’ विषयक चौथो राष्ट्रिय लेखा व्यवसायी सम्मेलन आयोजना हुने भएको छ ।
भोलि (मङ्गलवार) र बुधबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा दुई दिने सम्मेलनको आयोजना हुन लागेको हो ।
सम्मेलनमा सार्वजनिक वित्त व्यवस्थापन र कर प्रणालीका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकासक्रम र असल अभ्यास, नवीनतम प्रविधिको आत्मसात्, दिगो आर्थिक विकाससँगको तीनको सम्बन्ध र लेखा व्यवसायीको भूमिका लगायतका विविध पक्षहरूको बारेमा केन्द्रित रही सरोकारवाला निकायका उच्च प्रतिनिधि तथा विषय विज्ञहरूबिच अन्तरक्रिया हुने संस्थाका कार्यकारी निर्देशक सुरेन्द्र भुषण श्रेष्ठले बताए ।
नेपाल सरकारका विभिन्न निकायहरूका प्रतिनिधिहरू, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय लेखा व्यवसायी संस्थाहरूबाट विज्ञहरू,व्यावसायिक क्षेत्र, संस्थाका पार्षदहरु, देशभरबाट संस्थाका लेखा व्यवसायी सदस्य तथा विद्यार्थी लगायत अन्य सरोकारवालाहरू गरी करिब एक हजार जनाले सहभागिता जनाउने छन् ।
संस्थाले लेखा व्यवसायको क्षेत्रका महत्त्वपूर्ण विषयवस्तुहरू तथा यस क्षेत्रमा भएका समसामयिक विकास तथा परिवर्तनहरू उपर छलफल गरी नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले प्रत्येक वर्ष लेखाव्यवसायीहरुको राष्ट्रिय सम्मेलनको आयोजना गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण