बार निर्वाचनः ३५० मत गणना हुँदा मिश्रको अग्रता
सोमबार, २५ चैत २०८१, १६ : ०२
काठमाडौँ । कानुन व्यवसायीहरूको छता संगठन नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिका लागि शनिबार सम्पन्न निर्वाचनको जारी मतगणना जारी छ ।
जसअनुसार बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्रले ११० मतले अग्रता लिएका छन् ।
झापा, इलाम, मोरङ, सुनसरी, धनकुटा र विराटनगर केन्द्रको ३५० मत गणना हुँदा मिश्रले २३० मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी व्यवसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले १२० मत प्राप्त गरेका छन् ।
बारको केन्द्रीय कार्यालय काठमाडौँस्थित विभिन्न तीन स्थानमा मतगणना भइरहेको छ ।
शनिबार सम्पन्न निर्वाचनमा देशभर योग्य मतदाता ९ हजार ९९७ रहेकोमा ७ हजार ९९५ मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण