नविल बैंकको कार्ड सेवाहरू अवरुद्ध हुने
सोमबार, २५ चैत २०८१, १७ : ०२

काठमाडौँ । नविल बैंकको कार्ड स्वीच प्रणाली मर्मत हुने भएपछि बैंकका कार्ड सेवाहरू अवरुद्ध हुने भएका छन् । बैंकले सोमबार एक सूचना जारी गर्दै सेवा अवरुद्ध हुने विषयमा जानकारी गराएको हो ।
बैंकका अनुसार भोलि (मङ्गलवार) बिहान ५० मिनेट (सुरु हुने समय बिहान ५:४५,अन्त्य हुने समय ६:३५) सम्म बैंकको कार्ड स्वीच प्रणाली मर्मत हुने भएको हो ।
केही समय सेवा अवरुद्ध हुँदा ग्राहकमा पर्ने असुविधाप्रति बैंकले क्षमा समेत मागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीपमुलक जनशक्ति रोजगारीमा जोडिएमात्रै समृद्ध नेपाल सम्भव छ : प्रधानमन्त्री ओली
-
सुनको मूल्य ह्वात्तै घट्यो आज कतिमा हुँदैछ कारोबार ?
-
रोजगारदाता र रोजगारी खोजकर्तालाई प्रविधि मार्फत सोझै सम्पर्क गराउने सरकारको प्रयास
-
सरकारसँगको सहमतिपछि नेपाल शिक्षक महासङ्घको बैठक बस्दै
-
सकिएकै हो शिकागो मुभमेन्टको औचित्य, कस्तो होला अबको श्रम आन्दोलन ?
-
सेमिफाइनलमा जापानी क्लबसँग जिल्लियो पोर्चुगिज स्टार रोनाल्डो आबद्ध अल–नासर