आगामी बजेटमा १३ प्रतिशत भ्याटलाई घटाएर १० प्रतिशत कायम गर्न माग
विराटनगर । नेपाल नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आगामी आर्थिक वर्षको बजेटमा मूल्य अभिवृद्धि कर (भ्याट) १३ प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गर्न माग गरेको छ ।
महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारीद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा महासंघले उद्योगी व्यवसायीहरुको वास्तविक समस्यालाई मध्यनजर गरी नीति निर्माण गर्न जोड दिएको हो । विज्ञप्तिमा कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न विशेष जोड दिइएको छ । कृषि क्षेत्रको समस्यालाई सम्बोधन गर्न परम्परागत कृषिको सट्टा इकोसिष्टम विकास गर्ने नीति ल्याउन महासंघको सुझाव छ ।
यस्तै प्रदेश तहमा औद्योगिक क्षेत्रहरु संचालनमा ल्याउनुपर्ने, विशेष आर्थिक क्षेत्र, औद्योगिक क्षेत्र, निर्यात प्रशोधन जोन र आईटी पार्कको प्रवद्र्धन गर्नुपर्ने, उद्योग स्थापना गर्दा गरिने आइइइ र आइइएको प्रक्रिया सरलीकरण गर्नुपर्ने पनि महासंघको माग छ ।
यस्तै राजस्व विवाद समाधानका लागि स्थायी संयन्त्र निर्माण गर्नुपर्ने, कर छुट सीमा बढाई व्यक्तिलाई ६ लाख र दम्पतिलाई ८ लाख बनाउनुपर्ने, सातै प्रदेशमा मध्यम स्तरीय करदाता कार्यालय स्थापना गर्नुपर्ने माग पनि महासंघको छ ।
महासंघले निर्यातमूलक उद्योगको कच्चा पदार्थमा कुनै पनि प्रकारको कर नलगाउन र उद्योगहरूबीचको बाइ प्रोडक्ड कारोबारलाई कवाडीको परिभाषाबाट हटाई कवाडी कर खारेज गर्न माग गरेको छ ।
भन्सार दरका सम्बन्धमा स्वदेशी उद्योगलाई संरक्षण र प्रवद्र्धन गर्न कच्चा पदार्थभन्दा तयारी वस्तुबीचको भन्सार दरमा दुई तहको फरक हुनुपर्ने सुझाव दिइएको छ ।
महासंघले उद्योगका लागि एकल विन्दु सेवा केन्द्र स्थापना गर्नुपर्ने र हाल विदेशी लगानीकर्ताहरूका लागि मात्र उपलब्ध सुविधा स्वदेशी उद्योगका लागि पनि लागू गर्नुपर्नेमा जोड दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण