आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बोलाउन शिक्षाका लागि राष्ट्रिय अभियानको माग
काठमाडौँ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई नेपाल) ले आन्दोलनरत शिक्षकहरूलाई तत्काल वार्तामा बोलाउन माग गरेको छ । अध्यक्ष राजेन्द्र पहाडीले एक प्रेस विज्ञप्ति जारी गर्दै शिक्षकहरूलाई वार्तामा बोलाई उनीहरूले अघि सारेका माग बमोजिम यथाशीघ्र सम्बोधन गर्न अनुरोध गरेका हुन् ।
संविधानले मार्ग प्रशस्त गरेबमोजिम संवाद तथा साझा समझदारी मार्फत पेसागत हक हितको रक्षा र विद्यालय शिक्षा विधेयकलाई अधिकारमुखी बनाई तत्काल पारित गर्ने शिक्षक समुदायको मागलाई यथाशीघ्र सम्बोधन गर्न माग गरेका हुन् ।
चैत २० गते देखि नेपाल शिक्षक महासंघको नेतृत्वमा सार्वजनिक विद्यालयका शिक्षक तथा कर्मचारीहरू काठमाडौँ केन्द्रित आन्दोलनमा छन् । पेसागत अधिकार र स्थायित्व लगायत विद्यालय शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माग गर्दै काठमाडौँमा शान्तिपूर्ण आन्दोलन गर्दै आएका हुन् ।
शिक्षकको पेसागत हकहितको रक्षा र यथाशीघ्र विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्ने माग प्रति एनसीई नेपालमा आबद्ध ४९० भन्दा बढी संघ–संस्थाहरूको साझा सञ्जालको ऐक्यबद्धता रहेको जनाए ।
विद्यालय शिक्षा परीक्षाको उत्तरपुस्तिका जाँच, नयाँ शैक्षिक सत्रको तयारी, विद्यालय भर्ना अभियानका कार्यक्रम तथा कक्षा १२ को अन्तिम परीक्षालाई यस आन्दोलनले प्रभावित पार्न सक्ने तर्फ सचेत रहन शिक्षक, सरकार र सबै सरोकारवालासमक्ष ध्यानाकर्षण गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण