प्रहरी प्रमुख त युवासंघको सहअध्यक्ष पो रहेछ : अध्यक्ष लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको बाटोबाट देश अघि बढ्न नसक्ने भन्दै नयाँ समझदारी आवश्यक भएको बताएका छन् ।
मंगलबार काठमाडौँको बल्खुमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै लिङ्देनले राजादेखि गणतन्त्रवादी समेत अटाउने व्यवस्थाका लागि नयाँ समझदारी गर्न आवश्यक रहेको बताएका हुन् ।
‘यस्तो विधि बनाऔँ, जहाँ कसैले कसैलाई अपमान भएको महसुस नहोस्’, लिङ्देनले भने, ‘यो सभामा आइपुग्दा सम्म देशको राजनीतिमा धेरै परिवर्तन भैसकेका छन् ।’
उनले चैत १५ गते राज्यका तर्फबाट हिंसा भड्काएको भन्दै राप्रपा कुनै पनि प्रकारको हिंसामा विश्वास नगर्ने बताए । ‘त्यो हिंसा राज्यका तर्फबाट भड्काइएको थियो । त्यो भन्न कुनै आपत्ति छैन’, लिङ्देनले शान्तिपूर्ण प्रदर्शन र दबाबबाट परिवर्तनको पक्षमा रहेको बताए । चैत १५ को घटनामा भएको क्षतिप्रति अहिलेका प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुख जिम्मेवार रहेको उनको भनाइ छ ।
उनले प्रहरी प्रमुख एमालेको युवा संघको सहअध्यक्ष रहेको समेत बताए । प्रहरी प्रहरी नै भएर बस्नुपर्ने भन्दै अध्यक्ष लिङ्देनले कुनै दलको भ्रातृ संगठन भएर प्रहरी संगठन नचल्ने पनि बताए ।
उनले चैत १५ मा भएको राजावादीको प्रदर्शनमा कोही पनि हिंसात्मक नभएको दाबी समेत गरे । सबभन्दा पहिला अश्रुग्याँस र गोली कसले चलायो ? भन्दै उनले मानवअधिकारको कुरा गर्ने बुद्धिजीवीहरू र सञ्चारकर्मीहरू कहाँ हुनुहुन्छ ? भनेर प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण