अल्लु अर्जुनको हातमा पर्यो ८ सय करोड भारुको फिल्म
नयाँदिल्ली । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन र एटली नयाँ फिल्म लिएर दर्शकसामु आउँदैछन् । अहिलेको लागि फिल्मको शीर्षक ‘एसिक्स’ राखिएको छ । यो भारतीय सिनेमाको दोस्रो सबैभन्दा महँगो फिल्म हुने छ । यस फिल्मले बक्स अफिसमा इतिहास रच्ने विश्वास गरिएको छ ।
अहिलेको सबैभन्दा महँगो फिल्म एसएस राजामौलीको महेश बाबु अभिनित एसएसएमबी२९ बताइएको छ । अल्लु अर्जुनको एसिक्सको बजेट ८ सय करोड भारु छ भने एसएसएमबी२९ को लागत एक हजार करोड भारु बताइएको छ ।
फिल्ममा अल्लु अर्जुनबाहेक अन्य स्टारहरूको कास्टिङबारे जानकारी आएको छैन । प्रोडक्सन हाउस सन पिक्चर्सले फिल्मको छायांकन सुरु हुनुभन्दा अघिको तयारीको बीटीएस भिडियो सामाजिक सञ्जालमा शेयर गरेको छ । २ मिनेट ३४ सेकेन्डको भिडियो सेयर गर्दै क्याप्सनमा ‘ल्यान्डमार्क सिनेमेटिक इभेन्ट AA22A6 का लागि तयार हुनुहोस् ।
सन पिक्चर्सले अल्लु अर्जुन र एटलीसँग मिलेर एउटा अद्भुत फिल्म ल्याएको छ #AA22#A6,’ भनेर लेखिएको छ । भिडियोमा, अल्लु अर्जुन र एटलीलाई सन पिक्चर्सको कार्यालयमा कलानिधि मारनले फिल्मको लागि सम्झौता गरिरहेको देख्न सकिन्छ । यसपछि अल्लु र निर्देशक एटली अमेरिकाको शीर्ष भीएफएक्स स्टुडियोमा पुग्छन् । ‘स्क्रिप्ट पढ्ने बित्तिकै मेरो टाउको घुम्न थाल्यो । यो स्पष्ट छ कि अल्लु अर्जुनको फिल्मको भीएफएक्स हलिउड स्तरको हुनेछ ।’ भिडियोमा, भीएफएक्स सुपरभाइजर/निर्देशक जेम्स म्याडिगन भन्छन् ।
अल्लु अर्जुनले पाउनेछन् भारी पारिश्रमिक
रिपोर्टकाअनुसार अल्लु अर्जुनले एटलीको फिल्म एसिक्सका लागि मोटो रकम लिएका छन् । उनले लगभग १ सय ७५ करोड रुपैयाँ पारिश्रमिक लिएका छन् । साथै, फिल्मको नाफामा अल्लु अर्जुनलाई १५ प्रतिशत हिस्सा दिने सम्झौता भएको छ । यसैबीच, आफ्नो छैटौं फिल्मको लागि एटलीले १ सय करोड रुपैयाँ लिइरहेका छन् ।
फिल्मबारे यसो भन्छन् एट्ली
डीएनएमा प्रकाशित रिपोर्टअनुसार, एटलीले एक अन्तरवार्तामा फिल्मबारे कुरा गरेका छन् । ‘एसिक्सले साँच्चै धेरै समय र ऊर्जा लिइरहेको छ । हामीले स्क्रिप्ट लगभग पूरा गरिसकेका छौं । हामी अहिले तयारीको चरणमा छौं । भगवानको कृपाले, चाँडै नै एउटा ठूलो घोषणा हुनेछ । कास्टिङको लागि पर्खनुहोस् ।
अवश्य पनि म सबैलाई चकित पार्नेछु । म अहंकारी छैन, तर मलाई लाग्छ एसिक्सले देशलाई गर्व महसुस गराउनेछ । हामीलाई तपाईंहरू सबैको प्रार्थनाको आवश्यकता छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण