सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रियांशको शतक, चेन्नाईसामु २ सय २० रनको लक्ष्य

मङ्गलबार, २६ चैत २०८१, २१ : २५
मङ्गलबार, २६ चैत २०८१

मुलनपुर । प्रियांश आर्यको शानदार शतकको मद्दतले पञ्जाब किंग्सले चेन्नई सुपर किंग्ससामु जितका लागि २ सय २० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १९ रन बनाएको हो । 

प्रियांशले मात्र ४२ बलमा १०३ रनको योगदान दिए । उनले ७ चौका र ९ छक्का प्रहार गरे । पञ्जाबको सुरुवात भने राम्रो हुन सकेन । ओपनर प्रभसिमरन सिंह शून्य रनमा पभेलियन फर्किए भने कप्तान श्रेयश ऐयर ९ रन, मार्कस स्टोइनिस ४ रन, नेहल वडेरा ९ रन तथा ग्लेन म्याक्सवेल १ रनमा आउट भए । 

प्रियांशले शशांक सिंहसँग मिलेर ३४ बलमा ७१ रनको साझेदारी गर्दै इनिङ्सलाई अघि बढाए । प्रियांश आउट भएपछि शशांकले मार्को यानसेनसँग अर्को अर्धशतकीय साझेदारी गरे ।

शशांक आफैले अर्धशतक बनाउँदा ३६ बलमा नटआउट रहेर ५२ रन बनाए । उनले २ चौका र ३ छक्का प्रहार गरे । यानसेनले १९ बलमा ३४ रनको महत्त्वपूर्ण इनिङ्स खेले । उनले २ चौका र २ छक्का हिर्काए ।

चेन्नईका लागि खलिल अहमद र रवीचन्द्रन अश्विनले २–२ विकेट लिए । मुकेश चौधर र नुरु अहमदले १–१ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप