एनएसएल फुटबलमा काठमाडौँ रेजर्सको पहिलो जित
मङ्गलबार, २६ चैत २०८१, २१ : ५२
काठमाडौँ । अमाडोउ डिओपको निर्णायक गोलसँगै काठमाडौँ रेजर्सले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा काठमाडौँले बुटवल लुम्बिनी एफसीविरुद्ध १–० गोल अन्तरले जित निकालेको हो । यस जितसँगै तेस्रो स्थानमा उक्लिएको काठमाडौँले चार खेलबाट पाँच अङ्क पुर्याएको छ । समान खेल खेलेको बुटवलको भने एक अङ्क छ । बुटवल अङ्क तालिकामा पुछारमा छ ।
काठमाडौँका डिओपले खेलको ८८ औँ मिनेटमा गोल गरेका हुन् । भिन्सेन्ट कोजिइल्लोसँग तालमेल मिलाउँदै बक्स लाइन नजिकबाट उनले प्रहार गरेको बललाई बुटवलका गोलकिपर दीप कार्कीले बचाउन सकेनन् । अन्ततः काठमाडौँले खेल जित्यो । उक्त प्रतियोगितामा भोलि पोखरा थन्डर्स र धनगढी फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्णका किसानलाई अनुदानमा कृषि औजार वितरण
-
पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरु
-
पोर्चुगलको मुख्य प्रशिक्षकमा जेसुस नियुक्त, रोनाल्डोलाई टिममा निरन्तरता दिने संकेत
-
बाँझो जमिनलाई एकीकृत गरी जैविकखेती गर्दै ताराखोला
-
सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ
-
गणेश नेपालीको परिवारलाई रोजगारी र सन्तानलाई नि:शुल्क शिक्षा दिलाउने महानगरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण