अमेरिकाले छिट्टै औषधिहरूमा पनि ट्यारिफ लगाउनेछ: ट्रम्प
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औषधिमा कर लगाउने बताएका छन् । वासिङ्टन डीसीमा एक कार्यक्रममा भाषण दिँदै अमेरिकाले औषधिमा पनि ट्यारिफ अर्थात् अतिरिक्त भन्सार महसुल लगाउने बताएका हुन् ।
‘हामी आवश्यक कदम चाल्दैछौं । जब हामी औषधिमा अतिरिक्त भन्सार महसुल लगाउँछौँ, विदेशी कम्पनीहरू अमेरिकामा औषधि उत्पादन गर्न फर्कनेछन्, किनभने अमेरिका सबैभन्दा ठुलो बजार हो’ उनले भने ।
ट्यारिफले औषधि कम्पनीहरूमाथि दबाब पर्ने दाबी ट्रम्पले गरेका छन् । अमेरिकामा बेच्न सकियोस् भनेर कम्पनीहरूले चीन जस्ता देशहरूबाट आफ्नो उत्पादन सार्नेछन र अमेरिकामा कारखाना स्थापना गर्ने उनको तर्क छ ।
औषधिमा यस अघि थिएन ट्यारिफ
ट्रम्पले गएको हप्ता अतिरिक्त भन्सार महसुल घोषणा गर्दा औषधिहरूलाई छुट दिएका थिए । तर ट्रम्पले बारम्बार औषधिमा छुट्टै ट्यारिफ लगाउने बताउँदै आएका थिए । विश्वका अधिकांश औषधिहरू चीन, भारत र युरोपमा उत्पादन गरिन्छ ।
केही विज्ञहरूले औषधिमा प्रयोग हुने सामग्रीहरूमा अतिरिक्त भन्सार महसुल लगाइएमा सर्वसाधारणका लागि औषधिको मूल्य बढ्न सक्ने चेतावनी पनि दिएका छन् । तर ट्रम्प यस्ता सबै चेतावनीलाई बेवास्ता गर्दै व्यापार युद्ध भड्काइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण