अमेरिकाले छिट्टै औषधिहरूमा पनि ट्यारिफ लगाउनेछ: ट्रम्प

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औषधिमा कर लगाउने बताएका छन् । वासिङ्टन डीसीमा एक कार्यक्रममा भाषण दिँदै अमेरिकाले औषधिमा पनि ट्यारिफ अर्थात् अतिरिक्त भन्सार महसुल लगाउने बताएका हुन् ।
‘हामी आवश्यक कदम चाल्दैछौं । जब हामी औषधिमा अतिरिक्त भन्सार महसुल लगाउँछौँ, विदेशी कम्पनीहरू अमेरिकामा औषधि उत्पादन गर्न फर्कनेछन्, किनभने अमेरिका सबैभन्दा ठुलो बजार हो’ उनले भने ।
ट्यारिफले औषधि कम्पनीहरूमाथि दबाब पर्ने दाबी ट्रम्पले गरेका छन् । अमेरिकामा बेच्न सकियोस् भनेर कम्पनीहरूले चीन जस्ता देशहरूबाट आफ्नो उत्पादन सार्नेछन र अमेरिकामा कारखाना स्थापना गर्ने उनको तर्क छ ।
औषधिमा यस अघि थिएन ट्यारिफ
ट्रम्पले गएको हप्ता अतिरिक्त भन्सार महसुल घोषणा गर्दा औषधिहरूलाई छुट दिएका थिए । तर ट्रम्पले बारम्बार औषधिमा छुट्टै ट्यारिफ लगाउने बताउँदै आएका थिए । विश्वका अधिकांश औषधिहरू चीन, भारत र युरोपमा उत्पादन गरिन्छ ।
केही विज्ञहरूले औषधिमा प्रयोग हुने सामग्रीहरूमा अतिरिक्त भन्सार महसुल लगाइएमा सर्वसाधारणका लागि औषधिको मूल्य बढ्न सक्ने चेतावनी पनि दिएका छन् । तर ट्रम्प यस्ता सबै चेतावनीलाई बेवास्ता गर्दै व्यापार युद्ध भड्काइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश