अर्घाखाँचीमा आजदेखि दुई दिने पाणिनी तपोभूमि सम्मेलन हुँदै
बुटवल । अर्घाखाँचीको पाणिनिमा आजदेखि दुई दिने पाणिनि तपोभूमि सम्मेलन सुरु हुँदैछ । उक्त सम्मेलनको उद्घाटन गर्न दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली अर्घाखाँची आउँदैछन् । ऋषिले तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेको स्थानमा आज र भोलि ‘पाणिनि तपोभूमि’ सम्मेलन गर्न थालिएको हो
पाकिस्तानको लोहारबाट सयौँ वर्ष पहिले अर्घाखाँचीको खिदिममा आएका पाणिनि ऋषिले पाणिनि गाउँपालिका–१ र २ को पणेना जङ्गलमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेको इतिहासमा उल्लेख छ । उक्त स्थानको थप प्रचार प्रसार गर्नका लागि आजदेखि सम्मेलन सुरु गर्न थालिएको पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपानेले बताए ।लुम्बिनी प्रदेश सरकार पर्यटक विकास परिषद्, नेपाल पर्यटन बोर्ड, अर्घाखाँचीको पाणिनि गाउँपालिका र सीमा जोडिएको पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको संयुक्त आयोजनामा सम्मेलन गर्न लागिएको हो ।
२०७६ सालमा नेपाल सरकारले सय गन्तव्यभित्र पाणिनि तपोभूमिलाई पनि समेटेको लुम्बिनी पर्यटन विकास परिषद्का कार्यकारी निर्देशक रामु जोशीले बताए विश्वको प्राचीन भाषा संस्कृत व्याकरणको उत्पत्ति र रचना भएको पाणिनि तपोभूमिको गरिमा र महत्त्वलाई सम्मेलनमार्फत प्रचारप्रसार गरी संसारभर चिनाउने उद्देश्य रहेको आयोजकको भनाई रहेको छ
पहिलो दिन आज राजनीतिक नेतृत्वबाट पाणिनिको व्याख्या गर्ने र दोस्रो दिन धार्मिक गुरु र संस्कृतका विद्वानहरूबाट तपोभूमि गुरुयोजनाको बारेमा प्रस्तुति दिने कार्यक्रम तय गरिएको छ । अहिले जङ्गल क्षेत्रमा भएको प्राकृतिक सुन्दरतालाई संरक्षण गर्दै गुरुयोजना बनाएर विश्वभरका हिन्दु धर्म र संस्कृत भाषाप्रेमीहरुलाई पणेनामा ल्याउने र पर्यटन विकास गर्ने सम्मेलनको उद्देश्य रहेको अध्यक्ष न्यौपानेले बताए । पाणिनिले तपस्या गर्दा शिवले वरदान दिएर १४ सूत्रको प्रतिपादन गरेको संस्कृतिकविदहरुको भनाइ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
-
तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
-
२९ व्यक्ति तथा संस्थालाई कर्पोरेट बिजनेस अवार्ड प्रदान
-
मोबाइलको एक क्लिकमै भारतबाट नेपाल पैसा पठाउन सकिने
-
चेक रिपब्लिकलाई पहिलो हाफमा १–० को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण