तेस्रो विमस्टेक कृषि मन्त्रीस्तरीय बैठक सम्पन्न
काठमाडौँ । तेस्रो विमस्टेक कृषि मन्त्रीस्तरीय बैठक काठमाडौमा सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकले संयुक्त वक्तव्य जारी गरेको छ ।
मन्त्रीस्तरिय बैठकमा ३ देशका मन्त्रीहरुको सहभागीता रहेको थियो । बाकी ४ सदस्य रास्ट्रका मन्त्री तथा प्रतिनिधिहरु भर्चुअल रुपमा सहभागी भएका थिए ।
बैठकको अध्यक्षता गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले बैठकमा सहभागीहरुलाई स्वागत गर्दै कृषि क्षेत्रको विकासका लागि विम्स्टेक सद्स्री रास्ट्रहरुको सहकार्यमा जोड दिए ।
जल वायु परिवर्तन, विषादीको बढदो प्रयोगले विम्स्टेक अन्तरगतका रास्ट्रहरुमा चुनौती थपेको उल्लेख गर्दैमन्त्री अधिकारीले यस्को सामना गर्न सदस्य राष्ट्रबीचको सहकार्य आवश्यक रहेको बताए ।
भारतका कृषिमन्त्री शिवराज चौहानले विमस्टेक रास्ट्रहरुमा कृषि , पशुपन्छी , तथा मत्सय पालनको अपार सम्भावना रहेको चर्चा गर्दै सदस्य राष्ट्रबीचको सहकार्यलाई अझ बलियो पार्नुपर्ने बताए ।
यस अघि बसेको उच्च अधिकारीको बैठकले संयुक्त वक्तव्य तयार पारेको थियो । आज बसेको मन्त्रीस्तरीय बैठकले यसलाई अनुमोदन गरेको हो ।
आजै कृषिमन्त्री अधिकारी र भारतका कृषिमन्त्री शिवराज चौहान विच दिपक्षीय भेटवार्ता भएको छ । भेटवार्तामा कृषिमन्त्री अधिकारीले नेपाली कृषिवस्तु निर्यातमा भारत सरकारको सहयोगमा जोड दिए।
भेटवार्तामा भारतिय कृषिमन्त्री चौहानले दुई देशको आयात निर्यातमा देखिएका समस्या समाधानका लागि थप गृहकार्य गरि सहजिकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसैगरि भुटानका कृषिमन्त्री लेन्पो योन तेन फुन्थ्सो सग पनि दिपक्षिय भेटवार्ता भएको छ ।
भेटवार्तामा कृषिमन्त्री अधिकारीले भुटान र नेपाल विच कृषि क्षेत्रमा समान समस्या रहेको उल्लेख गर्दै नेपाल र भुटान बिच याकको विकासमा सहकार्य गर्न सकिने बताए। भुटानका मन्त्रीले दुई देशका प्रयासहरु समान र साझा रहेकाले नेपाल र भुटान विच कृषि क्षेत्रको विकासका लागि थप सहकार्य गर्न चाहेको उल्लेख गरे ।
भेटवार्तामा दुबै देशको कृषि मन्त्रालयका उच्चअधिकारीको सहभागीता रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
-
बिहारमा विद्यार्थी आन्दोलन हिंसात्मक : प्रहरीद्वारा १० राउन्ड हवाई फायर, एसपी घाइते
-
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण : दर्जनौँ प्यालेस्टिनी पक्राउ
-
शिक्षामन्त्री प्रधानको राजीनामापछि जन्तर-मन्तरमा खुसीयाली (भिडियाे)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण