‘योजनामा हुने बेथितिको अन्त्य गर्न कानुन बनाएर सरकारले काम गरिरहेको छ’
सुर्खेत । कर्णाली सरकारका प्रवक्ता विनोदकुमार शाहले अब कर्णालीका योजनाहरूमा हुने बेथितिको अन्त्य भएको दाबी गरेका छन् । सरकारले कानुन नै बनाएर लागु गरेका कारण अब योजनामा बेथिति नहुने उनको भनाइ छ ।
‘प्रदेश सरकारले अहिले योजना संकलन गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ, त्यहाँबाट जिल्ला स्थित कार्यालयहरूमा आउँछन्,’ बुधबार दैलेख सदरमुकाममा आयोजित महोत्सवको उद्घाटन समारोहमा बोल्दै शाहले भने, ‘त्यो पनि सबै सरोकारवालाहरूबिच छलफल भएपछि । के कस्ता योजना छनोट गर्दा जनताले सही विकास पाउँछन् भन्ने तरिकाले कानुन बनाएका छौँ ।’
अहिले त्यही कानुनका आधारमा आगामी आर्थिक वर्षका लागि योजना छनोटको काम भइरहेको उनले बताए । यसले विकास खाने प्रवृत्तिको अन्त्य हुने उनले बताए । ‘व्यवस्थित परिपाटीमा काम गरिरहेको छ, सरकारले,’ उनले थपे ।
यसैबिच मातृभूमि सञ्चार केन्द्र दैलेखको आयोजनामा बुधबारबाट सुरु भएको दैलेख महोत्सव वैशाख ५ गतेसम्म सञ्चालन हुने छ । कला, संस्कृतिको जगेर्ना गर्दै दैलेखी संस्कृति तथा पर्यटन प्रवद्र्धन उद्देश्यसहित सुरु भएको उक्त महोत्सवमा स्थानीय उत्पादन, स्थानीय कला संस्कृति झल्कने लहरेपैसरी नाच, ढाल तरबार, हुड्के, मयुर, टप्पा लगायतका नाचहरू प्रदर्शनी गरिने महोत्सवका मूल आयोजक समितिका संयोजक भूपेन्द्र शाहीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण