चारदेशीय टी-२० आई सिरिजः कुवेतले नेपाललाई दियो १८६ रनको लक्ष्य
बिहीबार, २८ चैत २०८१, ०८ : २८
काठमाडौंं । हङकङमा जारी चारदेशीय टी-२० आई सिरिजअन्तर्गत आज भएको खेलमा कुवेतले नेपालसमक्ष जितको लागि १८६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा टस हारेर पहिले व्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १८५ रन जोड्न सफल भएको हो ।
यो चारदेशीय टी-२० आई सिरिजको तेस्रो खेल हो । पहिलो खेलमा बुधबार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो । बुधबार कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो ।
यस्तै, सिरिजको दोस्रो खेलमा बुधबार नै कुवेतले घरेलु टोली हङकङलाई चार विकेटले हराएको छ । आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्णका किसानलाई अनुदानमा कृषि औजार वितरण
-
पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरु
-
पोर्चुगलको मुख्य प्रशिक्षकमा जेसुस नियुक्त, रोनाल्डोलाई टिममा निरन्तरता दिने संकेत
-
बाँझो जमिनलाई एकीकृत गरी जैविकखेती गर्दै ताराखोला
-
सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ
-
गणेश नेपालीको परिवारलाई रोजगारी र सन्तानलाई नि:शुल्क शिक्षा दिलाउने महानगरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण