बझाङमा चट्याङले ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा क्षति, विद्युत् सेवा पूर्णरूपमा ठप्प
बिहीबार, २८ चैत २०८१, ०९ : २९

धनगढी । बुधबार परेको चट्याङले बझाङ ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा ठुलो क्षति पुर्याएको छ। बित्थडचिर गाउँपालिका अन्तर्गत सुनकुडा र स्याँडी क्षेत्रको प्रसारण लाइनमा क्षति पुग्दा सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा पूर्ण रूपमा ठप्प भएको छ।
घटनापछि विद्युत् सेवा पुनः सञ्चालन गर्न नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली प्रभावित क्षेत्रतर्फ खटिएको छ। टोलीले क्षतिग्रस्त प्रसारण लाइनको मर्मत कार्य तीव्र रूपमा अगाडि बढाइरहेको जानकारी दिइएको छ।
स्थानीय बासिन्दाहरू विद्युत् अवरुद्ध हुँदा दैनिक जीवन र सञ्चारमा कठिनाइ भएको गुनासो गर्दै आएका छन्। प्राधिकरणले सकेसम्म छिटो सेवा सुचारु गर्ने प्रयास भइरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती कर्मचारी विधेयक राज्य व्यवस्था समितिबाट पारित
-
इजलासमा लैजानुअघि सर्वोच्च परिसरमा मिश्रको हतकडी खोलियो
-
सगरमाथामा एक जना पर्वतारोहीको मृत्यु, यो सिजनको पहिलो निधन
-
के छ आईपीएलको नयाँ रिप्लेसमेन्ट नियममा ?
-
ज्याकारान्डाको सौन्दर्यमा रमाउनेहरू (फोटोफिचर)
-
रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश चुँडाल र श्रेष्ठको इजलासमा