दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी, भुवन महरा पुनः सभापति निर्वाचित
धनगढी । कैलालीको अत्तरियामा अवस्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाली विद्यार्थी संघ (नेविसंघ) प्यानल विजयी भएको छ। सभापतिमा नेविसंघका उम्मेदवार भुवन महरा ४४१ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिस्पर्धी बम बहादुर विश्वकर्मा (अखिल संयुक्त प्यानल)ले ३७८ मत ल्याए।
सभापतिमा विजयी महरा यसअघि पनि सभापति रहेका थिए, र यो उनका लागि दोस्रो कार्यकाल हो। सचिव पदमा नेविसंघकी उम्मेदवार ज्योति साहु ४७४ मतसहित विजयी भइन्। उनका प्रतिस्पर्धी गणेशनाथ योगी (अखिल संयुक्त) ले ३२६ मत प्राप्त गरेका थिए।
कोषाध्यक्षमा पनि नेविसंघकी सोनिया शाहले ४४५ मत ल्याएर विजयी भइन् भने उनकी प्रतिस्पर्धी दीपिका जोशीले ३५१ मत पाइन्।
सदस्य पदमा समेत नेविसंघका उम्मेदवारहरू निर्वाचित भएका छन्। बुधबार सम्पन्न निर्वाचनमा कुल ८३१ मत खसेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राशिअनुसार हेर्नुहोस् आजको आफ्नो भाग्यफल
-
सडक लिजमा मागिरहन्थ्यो निजी क्षेत्र, गण्डकी सरकारले अघि सार्यो प्रदेश द्रुत लोकमार्गको योजना
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण