मेस्सीको दुई गोलसँगै इन्टर मियामी ककाकाफ च्याम्पियन्स कपको सेमिफाइनलमा
काठमाडौँ । स्टार स्ट्राइकर लियोनल मेस्सीले गरेको दुई गोलको मद्दतमा आफ्नो प्रतिद्वन्द्वीमाथि सहज जित निकाल्दै अमेरिकी क्लब इन्टर मियामी कनकाकाफ च्याम्पियन्स कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
इन्टर मियामीले बिहीबार सम्पन्न क्वार्टरफाइनलको दोस्रो लेग खेलमा लस एन्जल्स फुटबल क्लबलाई ३–१ गोलले हरायो । प्रारम्भमै पछि परेको इन्टर मियामीले मेस्सीको गोलसँगै खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो ।
इन्टर मियामी ३–२ कुल गोल भिन्नताका आधारमा सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि लस एन्जल्स एफसीको घरेलु मैदानमा खेलिएको क्वार्टरफाइनलको पहिलो लेग खेलमा इन्टर मियामी ०–१ गोलले पराजित भएको थियो ।
खेल सुरु भएको नवौँ मिनेटमै भ्रमणकारी टोली लस एन्जल्स एफसीका लागि एरोन लङले पहिलो गोल गरेका थिए । निर्धारित समयको ३५औँ मिनेटमा अर्जेन्टिनी स्टार मेस्सीले जवाफी गोल गर्दै खेललाई १–१ को बराबरीमा पु¥याएका थिए ।
त्यसपछि पहिलो हाफको खेल १–१ को बराबरीमा सकिएको थियो । दोस्रो हाफमा भने इन्टर मियामीले लस एन्जल्स एफसीलाई दबाबमा राखेको थियो । निर्धारित समयको ६१औँ मिनेटमा इन्टर मियामीका लागि फेड्रिको रेडोन्डोले दोस्रो गोल गरेका थिए ।
निर्धारित समयको खेल सकिनुभन्दा ६ मिनेटअघि मेस्सीले व्यक्तिगत रुपमा दोस्रो गोल थपेपछि इन्टर मियामी ३–१ ले विजयी भयो । कीर्तिमानी रुपमा आठपटकका बालन डी’ओर विजेता मेस्सीले दोस्रो गोल पेनाल्टीमार्फत गरेका थिए । इन्टर मियामीले अब सेमिफाइनलमा मेक्सिकन क्लब पुमाज वा भानकुभर ह्वाइटक्याप्सको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण