काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै नेपाल शिक्षक महासंघले बिहीबार पनि काठमाडौँमा प्रदर्शन गरेको छ । महासंघले काठमाडौँको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
शिक्षकहरूले सडकका ३ वटै लेन कब्जा गरेपछि सो क्षेत्रको सडक आवागमन प्रभावित भएको छ । यसअघि आन्दोलन शान्तिपूर्ण रहँदै आएकोमा आज भने केही बेर प्रहरीसँग विवाद भएको थियो ।
सरकारले विगतमा पटक–पटक गरेको सहमति र सम्झौताको कार्यान्वयन गर्दै शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित शैक्षिक हडताल गर्दै शिक्षकहरू आन्दोलनरत छन् । महासंघले संसद्को वर्षे अधिवेशन तत्कालै सुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश जारी गर्नेमध्ये एउटा विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
_RqJN34T7E3.jpg)
_vuhEKZR06x.jpg)
_SWJlMGT93J.jpg)
_vcKotZqphl.jpg)
_dYysKK6kHI.jpg)
_AQ91zCuwXy.jpg)
_TKXNmdfzxg.jpg)
_09GRXU8QU6.jpg)
_OheikXP8Pm.jpg)
_sa7uMqenh2.jpg)
_egVw9WReKm.jpg)
_Qq4OzNpXE8.jpg)
_8MmFMT2HOv.jpg)
प्रतिक्रिया