पाणिनि तपोभूमि सम्मेलनद्वारा सातबुँदे घोषणापत्र जारी
बुटवल । अर्घाखाँचीको पाणिनि तपोभूमिमा सम्पन्न दुईदिने पाणिनि तपोभूमि सम्मेलनले सातबुँदे घोषणापत्र जारी गरेको छ ।
पत्रकार तथा लेखक डीआर घिमिरेको संयोजकत्वमा तयार पारिएको घोषणापत्रमा संस्कृत भाषा र व्याकरण अध्ययनलाई आधुनिक शिक्षा प्रणालीमा समेट्न नेपाल सरकारलाई अनुरोध गर्नेदेखि विभिन्न बुँदा समेटिएको छ ।
यस तपोभूमिसम्म पदयात्राको विकास गर्नुपर्नेदेखि छिमेकी जिल्लाका धार्मिक सांस्कृतिक क्षेत्रलाई समेटेर पाणिनि चक्रपथको निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने घोषणापत्रमा समेटिएको लुम्बिनी पर्यटन विकास परिषद्का कार्यकारी निर्देशक रामु जोशीले बताए ।
महर्षि पाणिनिको व्याकरणसम्बन्धी प्रारम्भिक ज्ञान प्रदान गर्न अर्घाखाँचीका साथै छिमेकी जिल्लासँग समन्वय गरी स्थानीय पाठ्यक्रममा समावेश गर्न, पाठ्यपुस्तक तयारी गरिने तथा पाणिनि क्षेत्रको समग्र विकासका लागि गुरुयोजना अनिवार्य हुने ठहर घोषणापत्रमा उल्लेख गरिएको छ ।
गुरुयोजनाका लागि विभिन्न सरोकावाला निकाय र विज्ञसँगको परामर्शबाट सम्पदामैत्री गुरुयोजना यथाशीघ्र सम्पन्न गरी तदनुसारका कार्यलाई बढाउने घोषणा पनि गरिएको छ । पाणिनिको महत्वदेखि गुरुयोजनासम्म चार वटा कार्यपत्रलगायत सम्मेलनमा पाणिनिसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको छ भने तीन वटा अन्य विषयमा केन्द्रित थियो ।
लुम्बिनी प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, पर्यटन विकास परिषद्, पाणिनि गाउँपालिका र पाल्पाको रैनादेवी छहरा गाउपालिकाको संयुक्त आयोजनामा सम्मेलन गरिएको थियो ।
उक्त सम्मेलनलाई बुधबार केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण