शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

चेन्नईको कप्तानीको जिम्मा धोनीको काँधमा

बिहीबार, २८ चैत २०८१, २० : ३४
बिहीबार, २८ चैत २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत चेन्नई सुपर किङ्ग्सको कप्तानीको जिम्मेवारी महेन्द्रसिंह धोनीले सम्हाल्ने भएका छन् ।  

नियमित कप्तान ऋतुराज गायकवाड जारी प्रतियोगिताबाट बाहिरिएसँगै धोनीको काँधमा कप्तानीको जिम्मेवारी आएको हो । गायकवाड ३० मार्चमा राजस्थान रोयल्सविरुद्धको खेलमा घाइते भएका थिए । यद्यपि, उनले खेल जारी राखेका थिए । उनले ५ अप्रिलमा दिल्ली क्यापिटल्स र ८ अप्रिलमा पञ्जाब किङ्ग्सविरुद्ध पनि खेलेका थिए ।

चेन्नईका प्रमुख प्रशिक्षक स्टीफन फ्लेमिङका अनुसार गायकवाडको एक्सरे रिपोर्ट आएपछि एमआरआईसमेत गराइएको थियो । यस क्रममा उनको हातको हड्डी भाँचिएको पत्ता लागेको थियो ।

फ्लेमिङले भने, ‘हामी निराश छौँ र गायकवाडका लागि दुःखी छौँ । दुर्भाग्यका साथ उनी प्रतियोगिताबाट बाहिरिएका छन् ।’

बाँकी प्रतियोगितामा टिमको कप्तानी धोनीले गर्ने उनको भनाइ थियो । ४३ वर्षीय धोनीले सन् २००८ देखि २०२४ सम्म चेन्नई सुपरकिङ्ग्सको कप्तानी गरेका थिए ।

जारी प्रतियोगितामा भने चेन्नईले गतिलो प्रदर्शन गर्न सकेको छैन । नवौँ स्थानको टोलीले पाँचमध्ये मात्र एक खेलमा जित निकालेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप