चेन्नईको कप्तानीको जिम्मा धोनीको काँधमा
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत चेन्नई सुपर किङ्ग्सको कप्तानीको जिम्मेवारी महेन्द्रसिंह धोनीले सम्हाल्ने भएका छन् ।
नियमित कप्तान ऋतुराज गायकवाड जारी प्रतियोगिताबाट बाहिरिएसँगै धोनीको काँधमा कप्तानीको जिम्मेवारी आएको हो । गायकवाड ३० मार्चमा राजस्थान रोयल्सविरुद्धको खेलमा घाइते भएका थिए । यद्यपि, उनले खेल जारी राखेका थिए । उनले ५ अप्रिलमा दिल्ली क्यापिटल्स र ८ अप्रिलमा पञ्जाब किङ्ग्सविरुद्ध पनि खेलेका थिए ।
चेन्नईका प्रमुख प्रशिक्षक स्टीफन फ्लेमिङका अनुसार गायकवाडको एक्सरे रिपोर्ट आएपछि एमआरआईसमेत गराइएको थियो । यस क्रममा उनको हातको हड्डी भाँचिएको पत्ता लागेको थियो ।
फ्लेमिङले भने, ‘हामी निराश छौँ र गायकवाडका लागि दुःखी छौँ । दुर्भाग्यका साथ उनी प्रतियोगिताबाट बाहिरिएका छन् ।’
बाँकी प्रतियोगितामा टिमको कप्तानी धोनीले गर्ने उनको भनाइ थियो । ४३ वर्षीय धोनीले सन् २००८ देखि २०२४ सम्म चेन्नई सुपरकिङ्ग्सको कप्तानी गरेका थिए ।
जारी प्रतियोगितामा भने चेन्नईले गतिलो प्रदर्शन गर्न सकेको छैन । नवौँ स्थानको टोलीले पाँचमध्ये मात्र एक खेलमा जित निकालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण