दुर्गा प्रसाईंको सचिवालयले भन्यो– आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भारतीय प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । उनको सचिवालयले प्रसाईंले आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको उल्लेख गरेको छ ।
‘अहिले २ घण्टा अगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईंलेज्यूले आफ्नो सुरक्षाका लागि आफैँ भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नु भएको छ’, उनको सचिवालयले बिहीबार राति फेसबुकमार्फत भनेको छ ।
हिजो आफूहरुले भिडियो मार्फत ज्यानको सुरक्षाको ग्यारेन्टी भए २४ घण्टाभित्र उपस्थित हुने भनेको र आज उपस्थित भएको सचिवालयको भनाइ छ ।
राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक रहेका प्रसाईंमाथि चैत १५ गते तीनकुनेमा हिंसा भड्काएको आरोप छ, उनले आफैँले गाडी चलाएर प्रहरीलाई किच्नेशैलीमा पेलेका थिए । त्यसपछि अवस्था उग्र बन्दै दुई जनाको ज्यान समेत गएको थियो । घटनालगत्तै फरार भएका उनी भारत भागेका थिए ।
प्रसाईंले आफूले भारतमा आत्मसमर्पण गरेको बताइँरहँदा नेपाली अधिकारीहरुले भने हालसम्म औपचारिक पुष्टि गरेका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण