रवि/बालेनहरुको उखरमाउलोलाई राष्ट्रिय खतरा देखाउन खोजिँदैछ : घनश्याम भुसाल
_wU2hGUH0ME.jpg)
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले रवि लामिछाने र बालेन शाहहरूको अल्लारे र उत्ताउला हर्कत अशोभनीय रहेको बताएका छन् । साथै उनले वर्तमान सत्तारुढ दलहरूका पाखण्डपूर्ण मिहिनेतबाट तयार भएको सामाजिक लफङ्गाहरूको अल्लारे उत्ताउलो समुदायले अरू कसैलाई नेता मानेर आफ्नै विरुद्ध नारा लगाउन थालेपछि गठबन्धन झस्किएको टिप्पणी समेत गरेका छन् ।
‘रवि लामिछाने र बालेन साहका अल्लारे/उत्ताउला हर्कत अशोभनीय छँदै छन् तर आफ्ना पाखण्डपूर्ण मिहिनेतबाट तयार भएको सामाजिक लफङ्गाहरूको अल्लारे उत्ताउलो समुदायले अरू कसैलाई नेता मानेर आफ्नै विरुद्ध नारा लगाउन थालेपछि सत्ता गठबन्धन झस्किएको छ’, महासचिव भुसालले शुक्रवार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
भुसालले चैत १५ गते राजावादीहरूले जे गरे त्यो आपराधिक भएको पनि बताएका छन् । ‘त्यसको निन्दा–भर्त्सना हुनु पर्थ्यो, भइरहने छ । तर अहिले त्यस घटनाको प्रचार यसरी गर्न थालिएको छ ताकि राजनीतिको चुलीमा बसेर यिनीहरूले गरेका सबै नालायकी र भ्रष्टाचार आम नागरिकले भुलुन्, बरु यिनीहरूलाई उभ्याउनु पर्ने कठघरामा पनि ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईंलाई नै उभ्याइयोस्’, भुसालले सत्ता गठबन्धनप्रति लक्षित गरेका छन् ।
यस्तो लेखेका छन् भुसालले
चैत्र १५ गते राजावादीहरूले जे गरे त्यो आपराधिक थियो । त्यसको निन्दा–भर्त्सना हुनुपर्थ्यो, भइरहने छ । तर अहिले त्यस घटनाको प्रचार यसरी गर्न थालिएको छ ताकि राजनीतिको चुलीमा बसेर यिनीहरूले गरेका सबै नालायकी र भ्रष्टाचार आम नागरिकले भुलुन्, बरु यिनीहरूलाई उभ्याउनु पर्ने कठघरामा पनि ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईँलाई नै उभ्याइयोस् ।
मुलुकमा गएको ७५ वर्षमा केही भएको छ । तर अहिले ‘विकास भएको’ राष्ट्रिय भाष्य निर्माण गर्न एउटा नयाँ प्रोपगण्डा जत्थालाई यसरी खटाइएको छ ताकि यिनको दलाल÷बिचौलिया गिरोहले गरेको राज्य दोहनको कुन मूल्य चुकाएर मुलुकले आजको बाटो, औसत आयु, स्वास्थ्य र साक्षरता, मोबाइल फोनजस्ता ‘विकास’ पाएको छ भन्ने तितो यथार्थ नागरिकका दिमागबाट मेटियोस् ।
रवि लामिछाने र बालेन साहका अल्लारे/उत्ताउला हर्कत अशोभनीय छँदै छन् तर आफ्ना पाखण्डपूर्ण मिहिनेतबाट तयार भएको सामाजिक लफङ्गाहरूको अल्लारे उत्ताउलो समुदायले अरू कसैलाई नेता मानेर आफ्नै विरुद्ध नारा लगाउन थालेपछि सत्ता गठबन्धन झस्किएको छ । रवि/बालेनहरुको उखरमाउलोलाई यस्तो राष्ट्रिय खतरा देखाउन खोजिँदैछ जसमा सत्ताधारीका पाप पखाल्न पाइयोस् ।
सङ्क्षेपमा, यिनीहरू चाहन्छन्–चन्द्र–सूर्य रहेसम्म मुलुकको यही बेरोजगारी र कुशासनमाथि आफ्नो शासन सुरक्षित रहोस् तर यिनीहरूमाथि प्रश्न नउठोस् ।
वस्तुतः हाम्रो राजनीतिले प्रायश्चित्त नगर्दासम्म विद्रुप सपनाको ऐँठनले हाम्रो गणतन्त्रलाई झस्काइरहने छ । हामीले यिनीहरूको पाप बोकिरहनु र मुलुकको वास्तविक जीवनमा लोकतन्त्र आउनु असम्भव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीअन्तु सामालबुङ खानेपानी आयोजना सञ्चालनमा
-
मनसुन विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्न निर्देशन
-
आईपीएलमा ६ बलमा ६ छक्का हिर्काउने पहिलो खेलाडी बने रियान पराग
-
७ जना डीआईजीहरूको सरूवा, ६ प्रदेशका प्रमुख फेरिए
-
गौशालाबाट हुण्डीको ९५ लाख बरामद
-
सुदूरपश्चिम संसदीय दलको विवाद समाधानका प्रचण्डले सांसदहरूलाई बोलाए खुमलटार