थुनुवाको पोसाकमा अदालतबाट हाँस्दै बाहिरिए दुर्गा प्रसाईं
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंविरुद्ध १२ दिन म्याद थप भएको छ । काठमाडौँ जिल्ला अदालतले शुक्रबार अनुसन्धानका लागि प्रहरीलाई १२ दिन म्याद थप गरेको हो ।
थुनुवा पोसाक (ज्याकेट)मा उनलाई प्रहरीले अदालतमा उपस्थित गराएका थियो । म्याद थप भएसँगै उनी प्रहरीको घेरामा हाँस्दै अदालतबाट बाहिरिएका थिए ।
सो क्रममा उनी निकै खुसीजस्तो देखिन्थे भने सञ्चारकर्मीले बोलाउँदा उनले प्रतिक्रिया नदिई मुन्टोमात्रै हल्लाए ।
यसअघि भद्रपुर विमानस्थलमा भने प्रसाईंले प्रहरी नियन्त्रणकै बिच सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका थिए । उनले भनेका थिए, ‘ म आत्तिएको छैन । यो तस्करविरुद्धको लडाइँ हो । अर्को कुरा मैले आफैँ पक्राउ देको है ।’ उनी भारतमा पक्राउ परेको बताइएपनि प्रहरीले शुक्रबार बिर्तामोडबाट पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण