सेमिना मगर मेमोरियल खुला कराँते प्रतियोगिता सुरु
काठमाडौँ । ललितपुरको सातदोबाटोमा स्वर्गीय सेमिना मगर मेमेरियल खुला कराँते प्रतियोगिता सुरु भएको छ । सातदोबाटोस्थित कराँते हलमा आयोजित प्रतियोगिता शुक्रबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरे ।
प्रतियोगिता उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियामा आएपछि आफ्नो पार्टीले खेल क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । उनले भने, ‘खेल क्षेत्रलाई अघि बढाउन राज्यको तर्फबाट प्रोत्साहन गर्न सधैँ मेरो जोडबल रह्यो ।’
आफू पनि पुरानो खेलाडी रहेको सुनाउँदै प्रचण्डले भने, ‘म पहिले फुटबल खेल्थेँ ।’ भलिबल, ब्याडमिन्टन र टेबल टेनिस खेल्दै अहिले आफू नियमित मर्निङ वाक गर्न थालेको प्रचण्डले बताए । उनले भने, ‘अहिले दौडन्छु, मर्निङवाक पनि खेलकुद हो ।’
जापान कराते डो नान्बुकाई सितोरियो संघले आयोजना गरेको प्रतियोगिता १८ महिनामा निधन भएकी रामेछापकी सेमिना मगरको स्मृतिमा आयोजना गरिएको प्रतियोगिता संयोजक टलक मगरले बताए । टलक मगर सो संघको उपाध्यक्ष समेत हुन् । रामेछापको दोरम्बा गाउँपालिका घर भएकी सेमिना टकल मगरकी छोरी हुन् । प्रतियोगिता दुई दिनसम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्णका किसानलाई अनुदानमा कृषि औजार वितरण
-
पोखरामा जुनियर छात्रछात्रा ह्याण्डबल प्रतियोगिता सुरु
-
पोर्चुगलको मुख्य प्रशिक्षकमा जेसुस नियुक्त, रोनाल्डोलाई टिममा निरन्तरता दिने संकेत
-
बाँझो जमिनलाई एकीकृत गरी जैविकखेती गर्दै ताराखोला
-
सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ
-
गणेश नेपालीको परिवारलाई रोजगारी र सन्तानलाई नि:शुल्क शिक्षा दिलाउने महानगरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण