आइतबार, २८ वैशाख २०८२
ताजा लोकप्रिय

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

शुक्रबार, २९ चैत २०८१, १९ : ००
शुक्रबार, २९ चैत २०८१

काठमाडौँ । प्रधान सेनापति अशोक राज सिग्देलले जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच बुधवार उपरथी दर्जामा पदोन्नति भएका किरण के.सी.लाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । 

पदोन्नतिसँगै उपरथी के.सी. निरीक्षणाधिकृतमा नियुक्त भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

प्रधान सेनापतिले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका मोहनचन्द्र गुरुङ्ग र सरोज कुमार अधिकारीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप