प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
शुक्रबार, २९ चैत २०८१, १९ : ००
काठमाडौँ । प्रधान सेनापति अशोक राज सिग्देलले जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच बुधवार उपरथी दर्जामा पदोन्नति भएका किरण के.सी.लाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
पदोन्नतिसँगै उपरथी के.सी. निरीक्षणाधिकृतमा नियुक्त भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रधान सेनापतिले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका मोहनचन्द्र गुरुङ्ग र सरोज कुमार अधिकारीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण