एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड प्रदान [तस्बिरहरु]
काठमाडौं । एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड २०८१ शुक्रवार विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई प्रदान गरिएको छ । सशस्त्र प्रहरी बल नेपालको खेलकुद तथा शारीरिक सुगठन शिक्षालय अन्तर्गत नेपाल एपिएफ क्लबको आयोजना र अग्नी ईन्कोपर्पोरेटेड प्रा।लि। महिन्द्राको सहकार्यमा पहिलो पटक अवार्ड वितरण भएको हो ।
शुक्रबारको अवार्ड समारोहमा एपिएफ वर्षका उत्कृष्ट खेलाडी महिला,पुरुष,युवा, प्रशिक्षक,टिम, चर्चित खेलाडीसहित नगदसहित पुरस्कृत गरिएको हो । यी सबै विधाका विजेताले ट्रफीसहित ५० हजार रुपैयाँ प्रदान गरिएको छ ।
नेपाल एपिएफ क्लबमा आबद्ध रहि २०८१ सालमा विभिन्न खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्दै संगठन तथा राष्ट्रको गौरव बढाउन उल्लेखनीय भूमिका निर्वाह गर्ने खेलाडी, प्रशिक्षकलाई सम्मान गर्नु अवार्डको मुख्य उद्देश्य रहेको एपिएफले जनाएको छ ।
त्यस्तै खेलकुदको माध्यमबाट राष्ट्रलाई चिनाउन सफल पूर्व राष्ट्रिय खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई लाइभ टाइम एचिभमेन्ट अवार्ड, स्पेशल अवार्ड र एपिएफ आइजिपी कमेनमडेसनबाट सम्मानित गरिएको छ ।




























खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविराम समाप्त भएको ट्रम्पको चेतावनी
-
सफ्टवेयरको काम गर्ने बहानामा अनलाइन जुवा र सट्टेबाजी, भारतीयसहित ८ जना पक्राउ
-
यूएई पठाएर विद्यार्थीलाई ठगी गर्ने ९ जना कन्सल्टेन्सी सञ्चालक पक्राउ
-
मनसुनजन्य विपद्अघि बागमती सरकार सक्रिय : राहत सामग्री भण्डारण, सुरक्षा संयन्त्र ‘हाई अलर्ट’
-
गणेश नेपालीको आत्मदाह प्रकरण : सोधपुछ पछि ३ नगर प्रहरी रिहा
-
पशुपतिमा साउने सोमबारको तयारी सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण