फेवातालबाट भारतीय युवकको उद्धार
शुक्रबार, २६ असार २०८३, १८ : ११
सारांश
- पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक भारतीय युवकलाई सशस्त्र प्रहरीले उद्धार गरेको छ।
- अन्दाजी ३५/३६ वर्षका रोहित कुमार फेवातालमा डुबेर बेपत्ता भएका थिए।
- तालको १० फिट गहिराइबाट अचेत अवस्थामा फेला परेका युवकलाई उपचारका लागि अस्पताल पठाइएको छ।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक भारतीय युवकको सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोलीले उद्धार गरेको छ।
पोखरा महानगरपालिका वडा नम्बर ६ फेवातालमा शुक्रबार पौडी खेल्ने क्रममा अन्दाजी ३५/३६ वर्षका रोहित कुमार डुबेर बेपत्ता भएका थिए।
उनी तालमा डुबेको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बलको नम्बर २४ गण कालिका कास्की मातहत फेवा वाच एण्ड रेस्क्यु टावरमा सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र के.सीको कमाण्डमा खटिएको विपद् व्यवस्थापन टोलीले तत्कालै खोजी कार्य सुरु गरेको थियो।
तालको करिब १० फिट गहिराइबाट उनलाई अचेत अवस्थामा फेला पारेको थियाे। उद्धार गरिएका उनलाई तत्कालै उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) तर्फ पठाइएको नम्बर २४ गण कालिका कास्कीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुमतको सुझाव ‘नेतृत्व परिवर्तन’, ओलीको निर्देशन- त्यो कुरा नलेख्नु !
-
फ्रान्सको उत्कृष्ट लय, स्पेन र बेल्जियमको महाभिडन्त (भिडियो)
-
सम्पत्ति जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण