कमल थापाले जिते टेनिस उपाधि
शनिबार, ३० चैत २०८१, ०८ : २८

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ६५ वर्ष उमेर समूहको सिङ्गल र डबल्स दुवै तर्फको टेनिस उपाधि जितेका छन् ।
काठमाडौँको मण्डिखाटारमा आयोजित "AMATEUR TENNIS TOURNAMENT-2025"मा थापाले ६५ वर्ष उमेर समूहको भेट्रान्स सिङ्गल र डबल्स दुवै उपाधि जित्न सफल भएका हुन् । आज बिहान भएको फाइनल खेलमा सिङ्गल तर्फको फाइनलमा कर्मा घलेलाई ६-०,६-० को सोझो सेटमा पराजित गरेका थिए ।
यसैगरी डबल्स तर्फ झ्याम्पा डोन्डुपको आफ्नो जोडीले मनोज राणा र प्रकाशसिंह बोगटीको जोडिलाई ६-२, ६-३ को सेटमा जित निकालेका थिए । थापा टेनिसको भेट्रान तर्फ लामो समयदेखि निरन्तर आफ्नो उमेर समूहको शीर्ष स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसअघि प्रधानमन्त्री हुँदा अहिलेको जस्तो पैसाको हाहाकार थिएन : प्रधानमन्त्री
-
रवीन्द्र मिश्र पक्राउ प्रकरण : सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर
-
नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबिच सम्झौता
-
आईसीसी टेस्ट च्याम्पियनसिप फाइनल : दक्षिण अफ्रिकी टोलीको घोषणा, कागिसो राबडाले पनि स्थान पाए
-
सिद्धार्थ बैंकले सुरु गर्यो अनलाइन पेमेन्ट गेटवे सेवा
-
प्रतिनिधिसभा बैठकको ‘ग्याप’मा केन्द्रीय समिति बैठक बोलाउने कांग्रेसको तयारी