कमल थापाले जिते टेनिस उपाधि
शनिबार, ३० चैत २०८१, ०८ : २८
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ६५ वर्ष उमेर समूहको सिङ्गल र डबल्स दुवै तर्फको टेनिस उपाधि जितेका छन् ।
काठमाडौँको मण्डिखाटारमा आयोजित "AMATEUR TENNIS TOURNAMENT-2025"मा थापाले ६५ वर्ष उमेर समूहको भेट्रान्स सिङ्गल र डबल्स दुवै उपाधि जित्न सफल भएका हुन् । आज बिहान भएको फाइनल खेलमा सिङ्गल तर्फको फाइनलमा कर्मा घलेलाई ६-०,६-० को सोझो सेटमा पराजित गरेका थिए ।
यसैगरी डबल्स तर्फ झ्याम्पा डोन्डुपको आफ्नो जोडीले मनोज राणा र प्रकाशसिंह बोगटीको जोडिलाई ६-२, ६-३ को सेटमा जित निकालेका थिए । थापा टेनिसको भेट्रान तर्फ लामो समयदेखि निरन्तर आफ्नो उमेर समूहको शीर्ष स्थानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविराम समाप्त भएको ट्रम्पको चेतावनी
-
सफ्टवेयरको काम गर्ने बहानामा अनलाइन जुवा र सट्टेबाजी, भारतीयसहित ८ जना पक्राउ
-
यूएई पठाएर विद्यार्थीलाई ठगी गर्ने ९ जना कन्सल्टेन्सी सञ्चालक पक्राउ
-
मनसुनजन्य विपद्अघि बागमती सरकार सक्रिय : राहत सामग्री भण्डारण, सुरक्षा संयन्त्र ‘हाई अलर्ट’
-
गणेश नेपालीको आत्मदाह प्रकरण : सोधपुछ पछि ३ नगर प्रहरी रिहा
-
पशुपतिमा साउने सोमबारको तयारी सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण