कतारलाई हराउँदै कुवेतको नेपालसँग अंक बराबर
काठमाडौँ । चार देशीय टी–२० शृङ्खलाको समूह चरणको अन्तिम खेलमा कुवेतले सहज जित हात पार्दै नेपालसँग अंक बराबर गरेको छ । शनिबार भएको खेलमा कुवेतले कतारलाई ६ विकेटले हराएको हो ।
कतारले प्रस्तुत गरेको १ सय २५ रनको लक्ष्य कुवेतले मात्र १० ओभरमा ४ विकेटको क्षतिमा पछ्यायो । टोलीका लागि ओपनर क्लिन्टो एन्टोले तीव्र गतिमा अर्धशतक बनाए । उनले मात्र २८ बलमा ७२ रन जोडे । यस क्रममा उनले ५ चौका र ७ छक्का प्रहार गरे ।
राजिभा सान्दारुवनले १६ तथा मित भवसारले १४ रन बनाए । कतारका लागि मोहम्मद ईर्सादले २ ओभरमा १० रन खर्चेर ३ विकेट लिए । बुखर इल्लिकलले १ विकेट हात पारे ।
यसअघि पहिले ब्याटिङ गरेको कतारले १९.३ ओभरमा सबै विकेट गुमाएर १ सय २४ रन बनाएको थियो । टोलीका लागि विकेटकिपर साहजैब जमिलले सर्वाधिक ३४ रनको योगदान दिए । उनले ३५ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।
त्यस्तै, मुजिब उर रहमानले १९ बलमा २८ रन जोडे । उनले ४ चौका हिर्काए । जसिम खानले २० तथा रिफायी थेरुवथले १५ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
कतारलाई सस्तोमा समेट्न अनुदीप चेन्थामाराले ३ ओभरमा मात्र १५ रन खर्चेर ३ विकेट लिए । मोहमद शफिक, निमिस लथिफ र मित भावसरले २–२ विकेट लिए । मोहम्मद असलमको नाममा एक विकेट रह्यो ।
योसँगै कुवेतले ३ खेलबाट ४ अंक बटुलेको छ । कतार भने हालसम्म प्रतियोगितामा जीतविहीन रहँदै शून्य अंक पाएको छ ।
शनिबारको जीतपछि कुवेतको नेट रनरेट पनि नेपालभन्दा राम्रो भएको छ । कुवेतको नेट रनरेट १.७९७ रहेको छ भने नेपालको नेट रनरेट १.०८८ रहेको छ ।
आजको दोस्रो तथा समूह चरणको अन्तिम खेलमा नेपालले आयोजक हङकङको सामना गर्नेछ । नेपाल प्रतियोगितामा अपराजित रहँदै २ खेलबाट ४ अंक बटुलेको छ । हङकङको २ खेलबाट २ अंक छ ।
समूह चरणबाट शीर्ष दुई टोली फाइनलमा भिड्नेछन् भने तेस्रो र चौथो टोली तेस्रो स्थानका लागि आमानेसामने हुनेछन् । दुवै खेल आइतबार खेलिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण