फाइनलमा स्थान पक्का गर्ने लक्ष्यसहित मैदानमा उत्रँदै अपराजित नेपाल
काठमाडौँ । चार देशीय टी–२० शृङ्खलाको समूह चरणको अन्तिम खेलमा नेपालले शनिबार आयोजक हङकङको सामना गर्दैछ । खेल मिसन रोड ग्राउन्डमा नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ ।
नेपाल प्रतियोगितामा हालसम्म अपराजित रहेको छ । आजको खेल जित्दै नेपाल प्रतियोगिताको फाइनलमा स्थान पक्का गर्ने धुनमा रहेको छ ।
टोलीले पहिलो खेलमा कतारलाई ८ विकेटले पराजित गरेको थियो । कतारले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य नेपालले मात्र दुई विकेटको क्षतिमा पछ्यायो ।
दोस्रो खेलमा टोलीले टी–२० अन्तर्राष्ट्रियमा आफ्नो अहिलेसम्मकै ठुलो लक्ष्य पछ्याउँदै कुवेतलाई हरायो । कुवेतले १ सय ८६ रनको लक्ष्य प्रस्तुत गरेको थियो जसलाई नेपालले मात्र ४ विकेटको क्षतिमा पछ्यायो ।

प्रतियोगितामा नेपालका ओपनर कुशल भुर्तेल निकै राम्रो फर्ममा देखिएका छन् । उनले २ खेलमा ५९.५० को औसतले ११९ रन जोडेका छन् । यसमा एक अर्धशतक सामेल छ । उनले पछिल्लो खेलमा ८१ रन जोडेका थिए ।
त्यस्तै, अर्का ओपनर आशिफ शेखले पनि एउटा अर्धशतकसहित ८६ रन बनाएका छन् । बलिङमा सोमपाल प्रतियोगितामा सर्वाधिक विकेट खेलाडीहरूमध्ये एक छन् । उनले २ खेलमा १५.७५ को औसतले ४ विकेट लिएका छन् । त्यस्तै, नन्दन कुमार यादवले २ खेलमा ३ विकेट लिएका छन् ।
२ खेलबाट नेपालले ४ अंक बटुल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । हङकङ र कुवेतको २–२ अंक रहेको छ । कतार भने हालसम्म प्रतियोगितामा जितविहीन रहेको छ । टोलीको शून्य अंक छ ।
तालिकाको शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् भने तेस्रो र चौथो टोलीले तेस्रो स्थानका लागि पुन: भिड्नेछन् । दुवै खेल आइतबार खेलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण