भैरहवामा विश्वशान्तिको कामना गर्दै मनाइयो हनुमान् जयन्ती
शनिबार, ३० चैत २०८१, १३ : १५
भैरहवा । विश्वशान्तिको कामना गर्दै भैरहवामा हनुमान् जयन्ती मनाइएको छ । श्रीरामजानकी हनुमान् मन्दिर सेवा समिति, रुपन्देही मारवाडी युवा मञ्च, श्याम मित्र मण्डल, हनुमान् मन्दिर मिश्रोलियालगायत विभिन्न संस्थाको आयोजनामा भैरहवा तथा आसपासका क्षेत्रमा हनुमान्को पूजाअर्चना, रामायण तथा हनुमान् चालिसा पाठका हनुमान् जयन्ती मनाइएको हो ।
भैरहवामा शोभायात्रा पनि निकालिएको थियो । विश्वशान्ति तथा जनकल्याणको कामना गर्दै हनुमान् जन्मोत्सव मनाउने परम्परा रहेको श्री रामजानकी हनुमान् मन्दिर सेवा समितिका अध्यक्ष नरेन्द्रप्रसाद रौनियारले बताए । हनुमानलाई शक्ति, भक्ति र सेवाको प्रतीक मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
-
नेपालगन्जबाट दुई चिकित्सकसहित पाँच पक्राउ
-
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण