२ गोलले पछि परेको अवस्था उल्टयाउँदै चौथो स्थानमा उक्लियो सिटी
शनिबार, ३० चैत २०८१, २० : २६
काठमाडौँ । दुई गोलले पछि परेको अवस्था उल्ट्याउँदै म्यानचेस्टर सिटीले ५-२ को प्रभावशाली जित निकालेको छ ।
प्रिमियर लिगअन्तर्गत घरेलु मैदान इत्तिहाद स्टेडियममा सिटीले क्रिस्टल प्यालेसलाई हराएको हो । खेलको ८ औं र २१ औं मिनेटमा गोल खाएको सिटीका लागि केभिन डि ब्रुनोले ३३ र ओमर मार्मुअसले ३६ औं मिनेटमा गोल गर्दै पहिलो हाफ बराबरीमा ल्याएका थिए ।
त्यस्तै कोभासिसले ४७ औं र जेम्स म्याकेटीले ५६ औं मिनेटमा गोल गर्दै सिटीलाई बलियो अवस्थामा पुर्याए । त्यसैगरी निको ओ राइलीले ७९ औं मिनेटमा गोल गरेपछि सिटी फराकिलो गोलअन्तरले विजयी भयो । जितसँगै सिटी चौथो स्थानमा पनि उक्लिएको छ । पछिल्ला पाँच खेलमा उसको यो दोस्रो जित हो ।
सिटीले ३२ औं खेलबाट ५५ अंक बनाएको छ । अब लिगमा उसको ६ खेल बाँकी छँदा ऊ शीर्ष स्थानको लिभरपुलभन्दा १८ अंकले तल छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण