२ गोलले पछि परेको अवस्था उल्टयाउँदै चौथो स्थानमा उक्लियो सिटी
शनिबार, ३० चैत २०८१, २० : २६

काठमाडौँ । दुई गोलले पछि परेको अवस्था उल्ट्याउँदै म्यानचेस्टर सिटीले ५-२ को प्रभावशाली जित निकालेको छ ।
प्रिमियर लिगअन्तर्गत घरेलु मैदान इत्तिहाद स्टेडियममा सिटीले क्रिस्टल प्यालेसलाई हराएको हो । खेलको ८ औं र २१ औं मिनेटमा गोल खाएको सिटीका लागि केभिन डि ब्रुनोले ३३ र ओमर मार्मुअसले ३६ औं मिनेटमा गोल गर्दै पहिलो हाफ बराबरीमा ल्याएका थिए ।
त्यस्तै कोभासिसले ४७ औं र जेम्स म्याकेटीले ५६ औं मिनेटमा गोल गर्दै सिटीलाई बलियो अवस्थामा पुर्याए । त्यसैगरी निको ओ राइलीले ७९ औं मिनेटमा गोल गरेपछि सिटी फराकिलो गोलअन्तरले विजयी भयो । जितसँगै सिटी चौथो स्थानमा पनि उक्लिएको छ । पछिल्ला पाँच खेलमा उसको यो दोस्रो जित हो ।
सिटीले ३२ औं खेलबाट ५५ अंक बनाएको छ । अब लिगमा उसको ६ खेल बाँकी छँदा ऊ शीर्ष स्थानको लिभरपुलभन्दा १८ अंकले तल छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह
-
१० बजे, १० समाचार : तीन दलको बार्गेनिङदेखि एनआरएनएको एकता महाधिवेशनसम्म