शिक्षक र शिक्षा मन्त्रालयबीच आज पनि छलफल जारी

काठमाडौं । आन्दोलनरत शिक्षकहरू र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीहरूबीच आज (आइतबार) पनि छलफल जारी छ । गत बिहीबारदेखि छलफल गरिरहेका छन् ।
नेपाल शिक्षक महासंघको सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्व र शिक्षामन्त्री विद्या भट्टराईसहितको प्रतिनिधिमण्डलबीच छलफल जारी रहेको हो । शिक्षा मन्त्रालयमा भइरहेको छलफलमा आज शिक्षा मन्त्रालयको तर्फबाट शिक्षकहरूले अघि सारेका माग सम्बोधनको योजना पेश गर्ने कार्यक्रम छ ।
महासंघले शिक्षा मन्त्रालयलाई २४ बुँदे ध्यानाकर्षणपत्र बुझाएको थियो । ति विषय सम्बोधन गर्न सरकार तयार भएको खण्डमा मात्रै वार्तामा बस्ने अडान लिएको थियो । त्यसैका लागि शिक्षा मन्त्री भट्टराई आफैं छलफलमा बस्दै आएकी छन् ।
महासंघले राखेको ध्यानाकर्षणपत्रमा शिक्षा मन्त्रालयले आवश्यक गहृकार्य गरेर आजका लागि छलफल बोलाइएको हो ।
मन्त्रालयका अधिकारीहरूका अनुसार आज बेलुकासम्ममा केही निष्कर्ष निस्किेनछ । महासंघघले नयाँ ऐन जारी गर्ने सवालमा सरकारको मार्गचित्र के हो ? भन्ने विषयमा सरकारको प्रष्टता खोजेका थिए । त्यस्तै विगतमा सहमति कार्यान्वयन गर्ने सन्दर्भमा मन्त्रिपरिषद्को निर्णयबाट सम्बोधन हुनसक्ने विषयमा आवश्यक निर्णय लिन किन ढिला गरेको ? त्यसको समेत ठोस जवाफ माग गरेका थिए ।
यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्नेमा मागसहित देशभरका शिक्षक तथा विद्यालय कर्मचारीहरू चैत २० गतेदेखि काठमाडौँमा सडक आन्दोलन गर्दै आएका छन् ।
सरकारले पुरा गर्नुपर्ने विषयहरूमा सरकारको तर्फबाट ठोस योजना पेश हुन सकेको छैन् । शिक्षा मन्त्रालयले गर्नुपर्ने काम, अर्थ मन्त्रालयमार्फत गर्नुपर्ने काम, गृह मन्त्रालय मार्फत गर्नुपर्ने कामहरू पुरा गर्नुपर्ने शिक्षकहरूको माग छ ।
शिक्षा मन्त्रालयले आफुले सम्बोधन गर्नुपर्ने विषयहरू सम्बोधन गरेको खण्डमा मात्रै विद्यालय शिक्षा विधेकयका विषयमा वार्तामा बस्ने सकिने महासंघ महासचिव तुला थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वैकल्पिक शक्तिसँग सहकार्य र पहलकदमीको नेतृत्व गर्ने नेसपा (नयाँ शक्ति) को निर्णय
-
'माधव नेपाललाई कमजोर बनाएर समाजवादी पार्टी विघटन गर्ने ओलीको योजना छ'
-
अदालतले नेपाल खबरलाई सोध्यो : समाचार किन नमेटेको ?
-
मेरिटोक्रेसी प्रचलनको उलङ्घन हुनु प्राज्ञिक क्षेत्रमाथिको आक्रमण हो : नेता महर
-
कोरोनाका बिरामी देखिँदै : सात दिनमा ३० जनामा सङ्क्रमण
-
रोजगारीमा संलग्न गराउन श्रम बजारको माग बमोजिम जनशक्ति तयार गर्नुपर्नेमा श्रममन्त्रीको जोड